back

युनाइटेडको पुनरागमन जित, वेस्टह्यामको लय कायम

वि.सं.२०७७ चैत ३० सोमवार

126 

shares
RBB AD
NTC AD

३१ चैत, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटेनहमलाई पराजित गरेको छ । खेलमा पहिला अग्रता लिएपनि टोटेनहामले  हार व्यहोरेको हाे।

आइतबार राति भएको खेलमा युनाइटेडले टोटेनहमलाई ३-१ गोलले हरायो। खेलको ४० औँ मिनेटमा सनले गोल गर्दै टोटेनहामलाई अग्रता दिलाएपनि दोस्रो हाफमा समालिन नसक्दा हार व्यहोरेको हो । युनाइटेडका लागि खेलको ५७ औँ मिनेटमा फ्रेडले गोल गर्दै खेलमा फर्काएका थिए । त्यस्तै ७९ औँ मिनेट काभानीले र इन्जुरी टाइमको छैटौं मिनेटमा ग्रिनउडले गोल गर्दा युनाइटेड विजयी बन्यो ।

जितसँगै पहिलो स्थानमा रहेको सिटी र एक खेल कम खेलेको युनाइटेड बिच ११ अंकको अन्तर रहेको छ ।

वेस्टह्यामको लय कायम

यो सिजन सुधारिएको प्रदर्शन गर्दै आएको वेस्टह्यामले बलियो प्रतिद्धन्द्धी लेस्टर सिटीलाइ पराजित गर्दै चौथौ स्थानमा रहन सफल भएको छ ।

वेस्टह्यामले लेस्टरलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । वेस्टह्यामको जितमा लिङगार्डले २९ र ४४ औँ मिनेटमा गोल गरेभने खेलको ४८ औँ मिनेटमा बुवेनले गोल गरेका थिए ।

खेलको दोस्रो हाफमा लेस्टरका लागि कैलिची इहानाचोले ७० औँ र ९१ औँ मिनेटमा गोल गरेपनि हार टार्नभने सकेनन् । हाल प्रिमियर लिगको शीर्ष स्थानमा म्यान्चेष्टर सिटीं(७४), दोस्रोमा म्यान्चेष्टर युनाइटेड(६३), तेस्रोमा लेस्टर सिटी(५६) र चौथोमा वेस्टह्याम (५५) रहेको छ ।

वि.सं.२०७७ चैत ३० सोमवार १३:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी, अर्को खेल कहिले हुँदै छ त ?

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी, अर्को खेल कहिले हुँदै छ त ?

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले...

टस हारेर बलिङको निम्तो पायो नेपालले

टस हारेर बलिङको निम्तो पायो नेपालले

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस जितेर...

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

काठमाडौँ । आजदेखि सुरु भएको टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट...

नेपालले टस जितेर बलिङ गर्ने निर्णय

नेपालले टस जितेर बलिङ गर्ने निर्णय

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्धको...

भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता सुरु हुँदै

भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता सुरु हुँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’...

भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै

भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक । धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको...