back

प्रादेशिक पूर्वसांसद विदुर पौडेललाई मष्तिष्काघात

वि.सं.२०७८ वैशाख १३ सोमवार

201 

shares
RBB AD
NTC AD

१३ बैशाख, काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य प्रा विदुर पौडेल मष्तिष्काघात भई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा भर्ना भएका छन् । अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वाध्यक्ष पौडेल शनिबार कलेजको सघन उपचार कक्षमा उपचारका लागि भर्ना भएको नेपाली कांग्रेसका नेता लोकेश ढकालले जानकारी दिए ।

पक्षाघातसमेत भई उहाँको शरीरको देब्रे भाग चलेको छैन । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति पौडेलले आँखा हेर्ने गरे पनि प्रतिक्रिया नदिएको उनका भतिजा परमेश्वरले राससलाई जानकारी दिए ।

सदाचारी एवम् इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठमा प्राध्यापन गरेका थिए । सांसद हुँदा सुविधाका लागि गाडीका रुपमा प्राडो एवं पजेरो भित्राउन दिने सरकारी निर्णयको उनले विरोध गरेका थिए ।

 

 

वि.सं.२०७८ वैशाख १३ सोमवार १५:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले...

काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत

काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत

काठमाडौँ । काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो...

बजेटलाई समयसापेक्ष बनाउन अर्थ विज्ञहरूको सहयोग जरुरी : अर्थमन्त्री पुन

बजेटलाई समयसापेक्ष बनाउन अर्थ विज्ञहरूको सहयोग जरुरी : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ...

मोटरसाइकल घरमा ठोक्किदा दुई जनाको मृत्यु

मोटरसाइकल घरमा ठोक्किदा दुई जनाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई...

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास,...

डिजिटल रुपान्तरणमार्फत समृद्धि हासिल गर्ने सरकारको लक्ष्य छ : मन्त्री शर्मा

डिजिटल रुपान्तरणमार्फत समृद्धि हासिल गर्ने सरकारको लक्ष्य छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना...