back

खैरेको हत्यारालाई कारवाहीको माग

वि.सं.२०७८ वैशाख १३ सोमवार

159 

shares
RBB AD
NTC AD

१३ बैशाख, काठमाडौँ । खैरेलाई हिर्काएर मारेका विरोधमा दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ । धुलिखेल नगरपालिका–४ स्थित २८ किलो भन्ने स्थानमा दुई युवाले गत चैत १८ गते खैरे नामको कुकुरलाई मारेका थिए ।

रेस्क्यु एनिमल नेपालले हत्यामा संलग्न युवालाई तत्काल पक्राउ गर्न अनुरोध गरे पनि प्रहरीले आलटाल गरेको संस्थाका पदाधिकारी सिर्जना अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिइन्। बिजुलीको खम्बामा खैरेलाई बाँधी दुई पुरुषले कोदालो र फलामको रडले टाउकामा हिर्काएर हत्या गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

अधिकारीले खैरेको हत्यारा पक्राउ नभए सशक्त आन्दोलन गरिने चेतावनी दिँदै कुकुरको हत्यारा पक्राउ गर्न प्रहरीसमक्ष किटानी जाहेरी दिइएको आइतबार जानकारी दिए । नेपालमा पशुपन्छी संरक्षण ऐनानुसार जनावरका हत्यारालाई तीन महिनासम्म थुन्ने र रु पाँच हजार जरिवाना हुनेछ ।
रासस

वि.सं.२०७८ वैशाख १३ सोमवार १५:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपालको अधिकतम तापक्रम ४० डिग्रीमाथि

नेपालको अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँ । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको...

खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ

खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ

काठमाडौँ । कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको...

उच्च बिन्दुमा पुगेको सुनचाँदीको मूल्य घट्यो, कति पर्छ त प्रतितोलालाई ?

उच्च बिन्दुमा पुगेको सुनचाँदीको मूल्य घट्यो, कति पर्छ त प्रतितोलालाई ?

काठमाडौँ । उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज नेपाली बजारमा...

चालु आवमा ट्राफिक कारबाहीबाट १४ करोड भन्दा बढी राजस्व सङ्कलन, दुई सय भन्दा बढको मृत्यु

चालु आवमा ट्राफिक कारबाहीबाट १४ करोड भन्दा बढी राजस्व सङ्कलन, दुई सय भन्दा बढको मृत्यु

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष...