
१३ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर अन्य मुलुकमा जाने (नेपाली) बाहेकका नागरिकलाई सःशुल्क पिसीआर परीक्षण गरिदिन अनुरोध गरेको छ ।
आइतबार सम्ममा नेपाल आई क्वारेन्टिनमा बसेका तथा Air Bubble सुविधा अनुसार नेपाल आउनेहरुलाई सःशुल्क पिरीआर परीक्ष्णको व्यवस्था गरिदिन मन्त्रालयले एक सूचनामार्फत् अनुरोध गरेको छ ।
‘कोभिड १९ को परीक्षण सम्बन्धमा २०७८/०१/१२ मा प्रकाशित सार्वजनिक सूचना अनुसार परीक्षणको दायरामा समावेश हुन छुट हुनु भएका नेपाललाई ट्रान्जिट बनाइ अन्यत्र जाने नेपाली बाहेकको हकमा हिजोको मितिसम्मा नेपाल आई क्वारेन्टिनमा बसेका तथा Air Bubble सुविधा अनुसार नेपाल आउनेहरुलाई सःशुल्क पिसीआर परीक्षण गर्ने व्यवस्था गरिदिनुहुन सबै प्रयोगशालाहरुमा अनुरोध छ ।’ मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।