back
CTIZAN AD

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

वि.सं.२०८३ जेठ २ शनिवार

1.6K 

shares

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका साथ फेदीखोला गाउँपालिकामा आइटी एक्जीभिसन तथा विद्यार्थी प्रतिभा नवप्रवर्तन प्रदर्शनी–२०८३ भव्य रूपमा सम्पन्न भएको छ ।

गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा उपाध्यक्ष, गाउँसभा सदस्य, वडा अध्यक्ष, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यालयका प्रधानाध्यापक, आइटी शिक्षक, विद्यार्थी तथा गाउँपालिकाका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थीहरूले सूचना प्रविधिसँग सम्बन्धित नवप्रवर्तनात्मक परियोजना प्रस्तुत गरेका थिए । मुख्य प्रतिस्पर्धामा वाटर मोनिटरिङ सिस्टम, स्मार्ट डस्टबिन, नमुना वेबसाइट, स्मार्ट टोल गेट सिस्टम युजिङ आइओटी, रोबो कार, फक्स होल रेडियो, रिजल्ट म्यानेजमेन्ट सफ्टवेयर (PWA), सोलार कार तथा ‘जोया एआई असिस्टेन्ट’ लगायतका परियोजना समावेश थिए । प्रतिस्पर्धाबाहेक अन्य विशेष सिर्जनात्मक प्रदर्शनी पनि विद्यार्थीहरूले प्रस्तुत गरेका थिए ।

गाउँपालिकाले शिक्षामा “चार प” अर्थात् पाठ्यक्रम, प्रविधि, पूर्वाधार र प्रोत्साहनको नीति अवलम्बन गर्दै वार्षिक बजेटको कम्तीमा ३८ प्रतिशत शिक्षामा लगानी गर्दै आएको जनाएको छ । “हामी सबैको प्रण, सार्वजनिक शिक्षण प्रणालीको सबलीकरण” अभियानअन्तर्गत शिक्षकलाई प्रविधिसँग जोड्न “एक शिक्षक एक ल्यापटप” कार्यक्रम सञ्चालन गरिएको छ । साथै परम्परागत शिक्षण पद्धतिलाई श्रव्यदृश्य माध्यममार्फत आधुनिक बनाउँदै लगिएको गाउँपालिकाले जनाएको छ ।

फेदीखोला गाउँपालिकाले शैक्षिक सत्र २०७५/७६ देखि प्रत्येक माध्यमिक विद्यालयमा एक आइटी शिक्षकको व्यवस्था गर्दै आएको छ । यसले विद्यार्थीहरूलाई सूचना प्रविधिमा दक्ष बनाउन सहयोग पुगेको र नयाँ–नयाँ आविष्कार तथा सिर्जनामा उनीहरू सक्रिय बन्दै गएको जनाइएको छ ।

सिद्धार्थ माध्यमिक विद्यालयमा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङको अध्ययनसमेत सञ्चालन हुँदै आएको छ । त्यहाँबाट उत्तीर्ण विद्यार्थीहरूलाई गाउँपालिकाले ६ महिनासम्म ‘पेड इन्टर्न’ को अवसर दिँदै “सिक्दै कमाउँदै” कार्यक्रम सञ्चालन गरिरहेको छ । यसले विद्यार्थीहरूको व्यावहारिक सीप विकासमा थप टेवा पुगेको बताइएको छ ।

गाउँपालिकाले फेदीखोलालाई आगामी दिनमा “आइटी हब” का रूपमा विकास गर्ने लक्ष्यसहित अगाडि बढिरहेको जनाएको छ । यसैअन्तर्गत गण्डकी प्राविधिक विद्यालय (GIT) फेदीखोलामा निर्माणाधीन रहेको र त्यसले विद्यार्थीहरूमा थप उत्साह जगाएको उल्लेख गरिएको छ ।

प्रतियोगितामा ९ सामुदायिक र १ संस्थागत गरी १० माध्यमिक विद्यालयका ३९ जना विद्यार्थी सहभागी भएका थिए भने करिब १ हजार २ सय विद्यार्थीले प्रत्यक्ष अवलोकन गरेका थिए ।

प्रतियोगितातर्फ ‘जोया एआई असिस्टेन्ट’ प्रदर्शन गर्ने चण्डीडाँडा माध्यमिक विद्यालय प्रथम भएको छ । नमुना वेबसाइट प्रदर्शन गर्ने जनप्रिय माध्यमिक विद्यालय द्वितीय, ‘स्मार्ट टोल गेट सिस्टम युजिङ आइओटी’ प्रदर्शन गर्ने सिद्धार्थ माध्यमिक विद्यालय तृतीय तथा ‘रिजल्ट म्यानेजमेन्ट सफ्टवेयर (PWA)’ प्रदर्शन गर्ने दामगाडे माध्यमिक विद्यालय सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

प्रतियोगिताका विजेतालाई क्रमशः २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीलाई थप उत्प्रेरणा दिन फेदीखोलामै जन्मिएर यहीँबाट अध्ययन गरेका तथा हाल Apple क्यालिफोर्नियामा इन्जिनियरिङ म्यानेजरका रूपमा कार्यरत सन्तोष पोखरेल ले अनलाइनमार्फत आइटी क्षेत्रको सम्भावना, सफलताका लागि आवश्यक मेहनत, सपना र अनुभवबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको मूल्यांकन समितिको संयोजन गण्डकी बोर्डिङ स्कुल लामाचौर, कास्कीका कम्प्युटर विज्ञान शिक्षक नबराज अधिकारी ले गरेका थिए ।

वि.सं.२०८३ जेठ २ शनिवार १९:१२ मा प्रकाशित

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...