back
CTIZAN AD

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

वि.सं.२०८३ जेठ १ शुक्रवार

633 

shares

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ गरिएको घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रचलित नियम कानुनको आधारमा गरिएका पेशागत निर्णय र कार्यहरूलाई आपराधिक दृष्टिकोणबाट हेर्ने र वस्तुनिष्ठ अनुसन्धानबाट आरोप पुष्टि नहुँदै अपराधीको शैलीमा नियन्त्रणमा लिने कार्यले समग्र बैंकिङ क्षेत्र तरंगित, त्रसित र भयभित बनेको सिबिफिनले विज्ञाप्तिमा उल्लेख गरेको हो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, सुरक्षित कारोबार ऐन र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनमा कर्जा प्रवाह, असुली र धितो लिलामीको स्पष्ट व्यवस्था भएको स्मरण गराउँदै सिबिफिनले बैंकहरूले सोही बमोजिम कार्य गर्दै आएको प्रष्ट पारेको छ ।
कुनै ऋणी संस्था खारेजीपछि धितोमा पहिलो अधिकार बैंकको हुने कि सरकारको भन्ने विषयमा गम्भीर प्रश्न उब्जिएको विज्ञप्तिमा उल्लेख छ । बचतकर्ताको पैसा ऋण लगानी गर्ने बैंकले पहिला निक्षेपको सुरक्षा गर्ने कि धितो सम्पत्ति कसको हुने भन्ने निक्र्योल गर्ने भन्ने अन्योलले बैंकिङ प्रणालीमा जटिलता थपेको सिबिफिनको ठहर छ ।

परिसंघले कर्जा असुली गर्दा थुनिनुपर्ने वा धितो लिलामी गर्न नपाउने अवस्था आएमा सरकारका राष्ट्रिय महत्वका योजना र कार्यक्रमसमेत धरापमा पर्ने चेतावनी दिएको छ । कुनै गैरकानुनी काम भएको भए राज्य र नियामक निकायले अनुसन्धान गर्नुपर्ने र कैफियत प्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्नेमा सिबिफिनले स्पष्टता जनाएको छ ।
तर, अनाहकमा गरिने यस्ता कारबाहीले पेशाकर्मीको प्रतिष्ठामा आँच पुग्ने, मुलुकबाट जनशक्ति पलायन हुने र समग्र अर्थतन्त्रमा अकल्पनीय क्षति पुग्ने भन्दै सरकार र मातहतका निकायलाई संवेदनशील भइदिन अपिल गरिएको छ ।

वि.सं.२०८३ जेठ १ शुक्रवार १७:३६ मा प्रकाशित

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौं उपत्यकासहित देशका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...