back
CTIZAN AD

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

वि.सं.२०८३ साउन २७ बुधवार

93 

shares

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र झण्डै १० अर्ब रुपैयाँ लगानीसँग जोडिएको महत्वपूर्ण फण्डले आवश्यक कानुनी तथा प्रक्रियागत स्वीकृति पाएसँगै गैरआवासीय नेपाली (एनआरएन) समुदायमा उत्साह छाएको छ।

लामो समयदेखि प्रक्रियामा रहेको एन .आर .एन  नेपाल डेभलपमेन्ट फण्डले कम्पनी रजिष्टारको कार्यालयबाट दर्ता तथा आवश्यक स्वीकृति पाएपछि यसलाई गैरआवासीय नेपालीहरूको नेपालमा लगानी विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। सामाजिक सञ्जालमार्फत एनआरएन समुदायका विभिन्न व्यक्तिहरूले खुसी व्यक्त गर्दै यसलाई सात वर्षको निरन्तर प्रयासको परिणामका रूपमा व्याख्या गरेका छन्।

उपलब्धिसँगै करिब १० अर्ब रुपैयाँको फण्डको ८५ प्रतिशत शेयर विश्वभर रहेका नेपालीहरूलाई आईपीओमार्फत उपलब्ध गराउने बाटो खुलेको बताइएको छ। त्यस्तै, फण्डमा नेपाल सरकारको समेत ५ प्रतिशत लगानी रहने उल्लेख गरिएको छ।

यो फण्ड केवल लगानी संकलन गर्ने माध्यम नभई विश्वभर रहेका नेपालीहरूको पूँजी, ज्ञान, सीप र अनुभवलाई नेपालको आर्थिक विकास, लगानी तथा रोजगारी सिर्जनासँग जोड्ने दीर्घकालीन अभियानका रूपमा हेरिएको छ।

फण्डको प्रक्रिया अघि बढाउन विगत सात वर्षदेखि निरन्तर पहल, समन्वय र सहकार्य हुँदै आएको थियो। लामो समयसम्म सरकारी प्रक्रियामा रहेको दस्तावेजले अन्ततः सकारात्मक निकास पाएपछि यसलाई गैरआवासीय नेपालीहरूको नेपालसँगको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा समेत हेरिएको छ।

यस अवसरमा नेपाल सरकारका सम्बन्धित निकाय, सरोकारवाला पक्ष तथा प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन निरन्तर पहल र समन्वय गर्ने सबैप्रति एनआरएन समुदायका तर्फबाट धन्यवाद तथा आभार व्यक्त गरिएको छ।

यो उपलब्धि केवल एउटा फण्डको स्थापना नभई विश्वभर रहेका नेपालीहरूको पूँजी र अनुभवलाई नेपालको समृद्धिसँग जोड्ने दीर्घकालीन अभियान भएको उल्लेख गरेका छन् ।

फण्डले आवश्यक स्वीकृति र दर्ता पाएसँगै अब नेपालमा गैरआवासीय नेपालीहरूको संस्थागत लगानी विस्तार हुने अपेक्षा गरिएको छ। यसबाट नेपालको पूँजी बजार, रोजगारी सिर्जना तथा विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

सात वर्षको प्रतीक्षा र प्रयासपछि प्राप्त यो उपलब्धिलाई एनआरएन समुदायले ‘लगानीको नयाँ अध्याय’को सुरुवातका रूपमा लिएको छ। सामाजिक सञ्जालमा समेत ‘सात वर्षको सपना, अब लगानीको नयाँ अध्याय’ भन्दै खुसी व्यक्त गर्ने क्रम बढेको छ।

एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड १० अर्ब रुपैयाँ अधिकृत पुँजी भएको एक सामूहिक लगानी तथा विकास फण्ड हो। विदेशमा रहेका नेपालीहरूको सामूहिक पूँजी नेपालका उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा परिचालन गर्ने उद्देश्यले अघि बढाइएको ठूलो लगानी योजना हो। यसमा नेपाल सरकारको ५ प्रतिशत (५० करोड) र गैरआवासीय नेपालीहरूको ९५ प्रतिशत (एनआरएन प्रारम्भिक प्रवर्द्धकबाट ५ र विश्वभरका गैरआवासीय नेपालीबाट ८५ प्रतिशत) सेयर लगानी रहेको छ। यो फण्ड नेपालको आर्थिक विकास, पूर्वाधार निर्माण र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न स्थापित गरिएको हो। यसको अवधारणा सन् २०१८ मा औपचारिक रूपमा अघि सारिएको थियो र २०१९ मा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच समझदारीसमेत भएको थियो।

वि.सं.२०८३ साउन २७ बुधवार ११:३१ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...