back
CTIZAN AD

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

वि.सं.२०८३ भदौ १७ बुधवार

18 

shares

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा प्राप्त गरेकी छिन् ।

लामो समयदेखि छुट दर्ताका लागि निवेदन दिए पनि आफ्नो स्वामित्वको पुर्जा पाउन नसकेको मिजार परिवारले आधा शताब्दीपछि जग्गाधनी पुर्जा प्राप्त गरेको हो ।

छुट जग्गा दर्ता भएसँगै पुस्तौँदेखि भोगचलन गर्दै आएको करिब छ रोपनी जग्गाको स्वामित्वसम्बन्धी कागजात प्राप्त भएपछि मिजार परिवारमा अहिले खुसी छाएको छ ।

आर्थिक वर्ष २०८०/८१ देखि २०८/८३ को असार मसान्तसम्म छुट जग्गा दर्ताका लागि करिब एक हजार २०० जनाले निवेदन दिएका मालपोत कार्यालयले जनाएको छ । छुट जग्गा दर्ताका लागि परेका निवेदन हालसम्म ४१५ घर परिवारलाई लालपुर्जा प्रदान गरिएको छ ।

विसं २०३२ मा रु ६५० मा करिब छ रोपनी जग्गा खरिद गरेका मिजार परिवारले लामो समयसम्म जग्गाधनी पुर्जा भने प्राप्त गर्न सकेको थिएन । मालपोत कार्यालयमा लिखत भए पनि जग्गा दर्ता हुन नसक्दा उक्त परिवारले वर्षौंदेखि आफ्नै जग्गाको कानुनी स्वामित्वको प्रमाण पाउन सकेको थिएन । पुर्जा प्राप्तिका लागि परिवारले विसं २०४५ मा पहिलो पटक निवेदन दिएको थियो ।

धुलिखेल नगरपालिका–८ को पहल र सम्बन्धित निकायको सहजीकरणमा मिजार परिवारले लालपुर्जा पाएको हो । एक वर्षअघि पुतली मिजारका छोरा मानबहादुर वडा कार्यालयमा गई आफू जन्मिनुभन्दा एक वर्षअघि बुवाले खरिद गरेको र पुस्तौँदेखि बसोबास गर्दै आएको जग्गाको पुर्जा नपाएको गुनासो गरेका थिए । मानबहादुरको उमेर अहिले ५० वर्ष पुगिसेको छ ।

वडाध्यक्ष विनोद गौतमले, “आज एउटा परिवारले आफ्नो घरबासको कानुनी सुरक्षा पाएको छ। ५१ वर्षदेखिको अधुरो सपना पूरा भएको छ । एउटा परिवार सुकुमबासी बन्नबाट जोगिएको छ”, बताए ।

त्यस कार्यमा मालपोत कार्यालय धुलिखेलका प्रमुखसहितले प्रक्रियालाई सहजीकरण गर्दै लामो समयदेखि रोकिएको विषय टुङ्ग्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । मिजार परिवार आर्थिक रूपमा विपन्न भएकाले लामो समयदेखि रोकिएको काम सम्पन्न हुँदा खुसी लागेको वडाध्यक्ष गौतमले प्रतिक्रिया दिए ।

यता सरकारले २०८०/८१ देखि २०८२/८३ को असार मसान्तसम्म म्याद दिएर छुट दर्ताका लागि निवेदन खुला गरेकामा हाल त्यस सम्बन्धी कानुन संशोधन भएकाले अब निरन्तर छुट दर्ताका लागि निवेदन दिन सकिने व्यवस्था रहेको मालपोत कार्यालयका प्रमुख हरि कृष्ण सुवेदीले जानकारी दिए ।

उहाँका अनुसार छुट दर्ताका लागि निवेदन दिने मध्ये आर्थिक वर्ष २०८०/८१ मा १८५ जना, २०८२/८३ मा २१५ जना र २०८३/८४ मा करिब १५ जनाले लालपुर्जा प्राप्त गरिसकेका छन् ।

वि.सं.२०८३ भदौ १७ बुधवार १५:५३ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...