back
CTIZAN AD

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

वि.सं.२०८३ भदौ १७ बुधवार

12 

shares

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे गरेका कामकारबाही संसद्‌मा जानकारी गराएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफूले रसुवाको भोटेकोसीमा भिषण बाढी आएको ८।४५ बजे थाहा पाएको बताए । उनले सूचना पाएलगत्तै जिल्ला प्रशासन कार्यालयमार्फत बस्तीका बासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको बताए । उनले विपद्पछि आफ्ना नागरिक जोगाउन सरकारले हरप्रयास गरिरहेको बताएका हुन् ।

प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको जनाएका छन् । बाढीमा परी अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको पनि उनले संसद्मा जानकारी दिए् ।

जलवायु परिवर्तन भोटेकोशी विपद्‌को प्रमुख कारण रहेको भन्दै यसको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएको बताए ।

‘जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्‌बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो । यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी हो’, प्रधानमन्त्रीले संसद्‌मा भने ।

प्रधानमन्त्रीले यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको बताए। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा त्यसबाट हुने विपद् व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएको उनको भनाइ थियो।
सरकारले सम्पर्कविहीन नागरिकको खोजी, घाइतेको उपचार तथा घरबारविहीनका लागि तत्कालीन र दीर्घकालीन पुनःस्थापनाको काम जारी राख्ने जनाएको छ।

प्रधानमन्त्रीले विपद्का बेला सरकार संघ, प्रदेश र स्थानीय तहसँग निरन्तर समन्वयमा रहेको दाबी गर्दै उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने सबै सुरक्षा निकाय, जनप्रतिनिधि, राजनीतिक दल, स्वयंसेवी संस्था, नागरिक तथा अन्तर्राष्ट्रिय समुदायप्रति आभार समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको सबै मन्तव्य यहाँबाट पढुँ

वि.सं.२०८३ भदौ १७ बुधवार १५:३० मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...