back
CTIZAN AD

शिक्षक रामेन्द्र खड्काको रिहाइको माग

वि.सं.२०७८ जेठ २९ शनिवार

846 

shares

२९ जेठ, काठमाडौं। एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङले भैण्डाडा आधारभूत विद्यालय सिगानाका प्रधानाध्यापक रामेन्द्र खड्काको रिहाइको माग गरेको छ।

श्री भैण्डाँडा आधारभूत विद्यालय, सिगाना (बानपा ८) बागलुङका प्रअ रामेन्द्र खड्कालाई राजनीतिक आस्थाका आधारमा झुठा मुद्दा लगाई फसाउने नियतका साथ गिरफ्तारी गरिएकोमा भर्त्सना गर्दै संगठनले उनको अविलम्ब रिहाइको माग गरेकाे हो ।

संगठनका जिल्ला अध्यक्ष जीतबहादुर थापा र सचिव वीरबहादुर चोखालद्वारा जरी विज्ञप्तिमा “गण्डकी प्रदेश, बागलुङ जिल्ला, बागलुङ नगरपालिका वडा नं ८ स्थित भैण्डाडा आधारभूत विद्यालय सिगानाका प्रधानाध्यापक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका पूर्व जिल्ला सदस्य रामेन्द्र खडकालाई मिति २०७८/०२/२७ गते जिल्ला प्रशासन कार्यालय बागलुङबाट खटिएका प्रहरीले साइवर अपराधको नाममा बिना प्रक्राउ पूर्जी गिरफ्तार गरी काठमाडौ पठाइएको र राजनीतिक आस्थाका आधारमा झुट्टा मुद्दा लगाई फसाउन खोजिएको घटनाप्रति एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको गम्भीर ध्यान आकर्षित भएको’ उल्लेख गरिएको छ ।

‘नेपाली जनताको लामो त्याग, संघर्ष तथा बलिदानीका कारण नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । लोकतान्त्रिक राज्यमा नागरिकहरु विभिन्न पेशा, व्यवसायमा आवद्ध हुने, विचारको अभिव्यक्ति दिने, संगठित हुने नैसर्गिक अधिकार हो । लोकतन्त्रमा विचारका आधारमा प्रतिशोध राख्ने, झुट्टा आरोप लगाएर मुद्दा लगाउने, आस्था परिवर्तनका लागि डर, धाक धम्की देखाउनु शोभनीय होइन । यो कसै कतैबाट पनि गरिनु हुदैन ।’

विज्ञप्तिमा अगाडि भनिएको छ ‘भैण्डाडा आधारभूत विद्यालय सिगाना, बागलुङका प्रधानाध्यापक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका पूर्व जिल्ला सदस्य रामेन्द्र खडकाले सामाजिक सञ्जालमा प्रचार सामग्री आफै निर्माण गरी राखेको नभई सामाजिक सञ्जालमा भेटिएको टिकटकलाई हेर्ने क्रममा असावधानीबस उहाँको स्टोरीमा स्टोरिज हुन पुगेको र उक्त कुरा थाहा पाउना साथ हटाइएको घटनालाई अतिरञ्जित गरी उक्त बहानामा वैेचारिक प्रतिशोध साध्ने दुरासायले यथार्थलाई तोडमोड गरी शैक्षिक क्षेत्रलाई नै आतङ्कित बनाउने गरी शिक्षकको गिरफ्तार गर्ने, शिक्षक र शिक्षकको परिवारलाई मानसिक यातना दिने, झुट्टा मुद्धा लगाउने घटनाको घोर भत्र्सना गरिएको छ । संगठनले राजनीतिक आस्थाको आधारमा गिरफ्तार गरिएका शिक्षक रामेन्द्र खडकाको विना शर्त अविलम्ब रिहाइका लागि यस प्रेस विज्ञप्ति मार्फत जोडदार माग गर्दछौँ ।’

 

वि.सं.२०७८ जेठ २९ शनिवार १८:४७ मा प्रकाशित

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...