back

चलचित्र महोत्सवको दशौँ शृङ्खला प्रारम्भ

वि.सं.२०७८ भदौ ३१ बिहीवार

123 

shares
NTC AD
Global IME AD

३१ भदौ, काठमाडौँ । नेपाल र युरोपेली सङ्घ (इयू)बीच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको चलचित्र महोत्सवको दशौँ शृङ्खला शुक्रबारदेखि प्रारम्भ हुने भएको छ ।

कोभिड महामारीका कारण भोलिदेखि अप्रत्यक्ष माध्यमबाट असोज ९ गतेसम्म हुने महोत्सवमा दर्शकका मन जित्न सफल भई पुरस्कार प्राप्त गरेका १५ वटा चलचित्रसहित १४ वटा युरोपेली देशका २६ वटा अन्य चलचित्र प्रदर्शन गरिने यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ ।

महोत्सवमा पाँचवटा नेपाली कथानक चलचित्र पनि प्रदर्शन गरिनेछ । प्रदर्शन हुने युरोपेली चलचित्रलाई नेपालीमा भाषान्तर गरिएको छ । जलवायु परिवर्तनका प्रभाव, वातावरण संरक्षणलगायत विधाका चलचित्र पनि महोत्सवमा प्रस्तुत गरिनेछ ।

महोत्सव जारी रहँदा प्रतिनिधिमण्डलले नेपाली सिने क्षेत्रमा आबद्ध कलाकार, निर्देशक, चलचित्र समीक्षक र सञ्चारकर्मीसँग अप्रत्यक्षरूपमा छलफल गर्नाका साथै पर्यावरणमा कुनै किसिमको प्रभाव नपारी त्यसको संरक्षण गर्दै चलचित्र छायाङ्कन गर्न सकिने विषयमा पनि छलफल गरिने जनाइएको छ ।
रासस

वि.सं.२०७८ भदौ ३१ बिहीवार १६:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत...

सुदूरपश्चिमसहित पाँच प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ (चितवन) । कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका...

नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

नेपाल-चीन (तिब्बत) १७ औँ आर्थिक तथा व्यापार मेला हुँदै, प्रदर्शनीमा के-के राख्दै छ त नेपालले ?

काठमाडौँ । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला यही...

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

डढेलोले पाईप जलेपछि खानेपानिको समस्या झेल्दै म्याग्दीबासी

गलेश्वर (म्याग्दी) । विगत डेढ महिनादेखि म्याग्दीका जङ्गलमा लागेको डढेलोका...

विश्व औलो दिवस : विदेशबाट आएकाबाट बढी जोखिम

विश्व औलो दिवस : विदेशबाट आएकाबाट बढी जोखिम

काठमाडौँ । आज विश्व औलो दिवस । ‘औलोविरुद्धको लडाईंलाई तीव्रता...