back

मोरक्कोका नागरिकलाई कोरोनाविरुद्धको तेस्रो खोप दिइने

वि.सं.२०७८ असोज १६ शनिवार

150 

shares
RBB AD
NTC AD

बरात । मोरक्कोका नागरिकलाई कोरोनाभाइरस विरुद्धको तेस्रो खोप दिइने भएको छ ।

महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको हो । मोरक्कोको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार विज्ञ तथा सरोकारवालाको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको हो ।

यसलाई राष्ट्रिय खोप अभियानकै एउटा अङ्गको रुपमा लागू गरिने पनि अधिकारीले जानकारी दिएका छन् । आफ्ना नागरिकलाई मात्रै नभई मोरक्कोमा बस्ने विदेशी नागरिकलाई पनि खोपको व्यवस्था गरिने उनीहरूले बताएका छन् ।

उत्तर अमेरिकी मुलुक मोरक्कोमा यसअघि पहिलो खोप अभियान भने गत जनवरी २८ मा शुरु भएको थियो । त्यहाँ शुरुमा चिनियाँ सिनोफर्म खोप लगाइएको थियो ।

सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार अहिलेसम्म मोरक्कोमा दुई करोड २७ लाख १९ हजार ८६ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

तीमध्ये एक करोड ९१ लाख ९७ हजार ९१६ जनाले दुवै खोप लगाएका छन् । मोरक्कोमा शुक्रबार मात्रै थप ९३६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितको सङ्ख्या नौ लाख ३४ हजार सात पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण मोरक्कोमा अहिलेसम्म १४ हजार २९० जनाको मृत्यु भएको छ । तीमध्ये २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

मोरक्कोमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकामध्ये ८३५ जना अति सघन कक्षमा उपचाररत छन् ।
रासस

वि.सं.२०७८ असोज १६ शनिवार १६:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

घोराही (दाङ) । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला...

कर्णालीसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...