
काठमाडौं । आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।
आजको बैठकमा गत आइतवार टेवुल गरिएको अमेरिकी सहयोग परियाजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने संसदको सम्भावित कार्यसूचीमा रहेको छ ।
फागुन ८ गते आइतवार सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहदुर कार्कीले संसदमा टेवल गरेको एमसीसीका विषयमा छलफलका लागि पटक–पटक संसदको बैठक आव्हान गरेपनि त्यसले छलफलमा प्रवेश पाउन सकेको छैन ।
गत आइतवार (फागुन ८ गते) एमालेको अवरोधका बीच संसदमा टेवुल भएको एमसीसी १२ गतेको संसद बैठकमा छलफल हुन नसकेपछि १३ गतेलाई सारिएको थियो । १३ गते पनि प्रधानमन्त्रीले सत्तारुढ गठबन्धन भित्रका दलहरु र बाहिर रहेको एमालेसँग एमसीसी बारे छलफल र सहमति जुटाउन भन्दै सभामुख अग्नि सापकोटालाई बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
सभामुख सापकोटाले उक्त बैठक आजका लागि (फागुन १५) सारेका थिए । आजको बैठकमा पनि एमसीसीबारे छलफल हुने कार्यसूची रहेको छ ।
वि.सं.२०७८ फागुन १५ आइतवार ०९:१७ मा प्रकाशित