back
CTIZAN AD

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) मा भूपाल उप्रेती

वि.सं.२०७९ भदौ २६ आइतवार

846 

shares

काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को शनिबार सम्पन्न पाँचौ काठमाडौं जिल्ला अधिवेशनले भूपाल उप्रेतीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

संगठनका राष्ट्रिय समिति अध्यक्ष होमकुमार थापाको प्रमुख आतिथ्यता, प्रमुख संरक्षक मुकुन्द गौतम, वरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग भाग प्रमुख देवीदत्त पौडेल, उपाध्यक्ष तथा उपत्यका प्रदेश इन्चार्ज नारायण पौडेल, उपाध्यक्ष सुधिर झा, सचिव राम थुलुङ, सचिव कुस्मिता तिवारी लगायत राष्ट्रिय समिति सदस्यहरूको उपस्थितिमा मिड भ्याली कलेज, ज्ञानेश्वर काठमाडौंमा सम्पन्न अधिवेशनले १९ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।

जसको उपाध्यक्षमा ओमनाथ कडरिया, महिला उपाध्यक्षमा रेनुका श्रेष्ठ, सचिवमा कृष्ण प्रसाद गौतम, सहसचिवमा हेमन्त उपाध्याय, कोषाध्यक्षमा सरोज श्रेष्ठ सहित १९सदस्य रहेका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय समिती अध्यक्ष होम कुमार थापाले युनियनको इतिहास पल्टाउदै संगठनको आवश्यकता हिजो, आज र भोलि पनि उत्तिकै रहेको बताउदै सबैले एकजुट भएर समय निकाल्दै युनियनको सबलीकरणमा सक्रिय र सचेत भएर लाग्नुपर्ने कुरा बताए ।
उनले शिक्षक साथीहरूले युनियनको महत्वलाई नबुझेकोमा दुःख लागेको बताउदै संस्थाको महत्व बुझेर सबै लाग्नुपर्ने कुरामा जोड दिए ।

त्यस्तै प्रमुख संरक्षक गौतमले बढीभन्दा शिक्षक तथा कर्मचारी साथीहरूलाई आबद्ध गराई संगठन विस्तारमा सक्रिय हुनुपर्ने कुरा बताए ।
राष्ट्रिय समिति वरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख देवीदत्त पौडेलले केन्द्र देखि जिल्ला र एकाइसम्म नै ठोस योजना सहित संगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिए ।

नवनिर्वाचित अध्यक्ष भूपाल उप्रेतीले सङ्गठन विस्तार, आर्थिक योजना र युनियनप्रतिको आकर्षण बढाउने कार्यक्रमसहित अगाडि बढ्ने प्रतिवद्द्ता व्यक्त गरे ।

वि.सं.२०७९ भदौ २६ आइतवार ०९:२२ मा प्रकाशित

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...