back

अछामको पहिरोमा परी ९को मृत्यु, ७ बेपत्ता

वि.सं.२०७९ असोज १ शनिवार

246 

shares
RBB AD
NTC AD

अछाम । लगातारको वर्षाले अछामको विभिन्न भागमा पहिरो जाँदा नौ जनाको मृत्यु र सात जना बेपत्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौ जना बेपत्ता भएकामा दुई जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । बर्सात्का कारण उक्त क्षेत्रको सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

त्यसैगरी यहाँको कमलबजार नगरपालिकामा पहिरो गएर घर पुरिँदा सात जनाको मृत्यु भएको छ । वडानं स्थित ठाँटीखाँदका सातै जना घरको माथिबाट खसेको पहिरोमा पुरिएकामा सबैको शव फेला पारिएको छ । पहिरोमा परी अन्य आठ जना घाइते भएका भएकामा चार जनाको अवस्था जटिल छ ।

त्यसैगरी पहिरोकै कारण ढकारी गाउँपालिकामा एक घर पुरिँदा तीन जना घाइते भएका छन् । अछामका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन, प्रहरी टोली बिहानैदेखि उद्धारमा खटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाङीले यहाँका अन्य ठाउँमा पनि पहिरोले घर पुरिएर क्षति भएको खबर आएकाले प्रहरीको टोली परिचालन गरिएको जानकारी दिए । रासस

वि.सं.२०७९ असोज १ शनिवार १२:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेका गोविन्दले दिनमै सात हजार आम्दानी गर्छन्

वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेका गोविन्दले दिनमै सात हजार आम्दानी गर्छन्

कञ्चनपुर । वैदेशिक रोजगारी छाडेर शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका गोविन्द दहित...

चैत मसान्तसम्म एक अर्ब ७८ करोड राजस्व सङ्कलन

चैत मसान्तसम्म एक अर्ब ७८ करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ...

मुख्यमन्त्री सोडारीले शुक्रवार विश्वासको मत लिँदै

मुख्यमन्त्री सोडारीले शुक्रवार विश्वासको मत लिँदै

  काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्धबहादुर सोडारीले शुक्रवार(२१ गते)...

चुरे पहाडका वनमा डढेलो

चुरे पहाडका वनमा डढेलो

गोदावरी (कैलाली) । कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे...

बझाङ प्रदेशसभा -१ मा एमालेका भण्डारी विजयी

बझाङ प्रदेशसभा -१ मा एमालेका भण्डारी विजयी

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा एमालेका उम्मेदवार...

बझाङ उपनिर्वाचन : कांग्रेसको अग्रता

बझाङ उपनिर्वाचन : कांग्रेसको अग्रता

चैनपुर (बझाङ) । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क)...