काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन् ।बैशाख १५ गते सम्पन्न उपपनिर्वाचनको अन्तिम मत परिणाम अनुसार एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन् । भण्डारी र सिंहबीच २६६ मतको अन्तर रहेको छ ।
उपनिर्वाचनको मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ९६७, एकिकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१३ मत प्राप्त गरेको बताइएको छ । यद्यपी निर्वाचन आयोगले अन्तिम मत परिणाम सार्वजनिक गरिसकेको छैन ।
प्रदेशसभा १ मा कूल ३० हजार ३२८ मत खसेको थियो भने ११ दलका उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए । २०७९ को निर्वाचनमा उक्त प्रदेशसभाको सदस्यमा निर्वाचित भएका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि त्यहाँ उपनिर्वााचन भएको थियो । उपनिर्वाचनमा सिंहका छोरा उम्मेदवार रहेका थिए ।
वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०२ मा प्रकाशित






























