back
CTIZAN AD

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

वि.सं.२०८३ असार १५ सोमवार

189 

shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन र माछापालनलाई आम्दानीको भरपर्दो स्रोत बनाएका छन् । सिद्धनाथ माध्यमिक विद्यालय बेलडाँडीमा लेखापालका रूपमा कार्यरत चौधरीले जागिरसँगै व्यावसायिक पशुपालन र मत्स्यपालन गर्दै वार्षिक रु सात लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

पाँच वर्षअघि करिब १० लाख रुपैयाँ लगानी गरी बंगुरपालन सुरु गरेका चौधरीले यस वर्ष मात्रै ६० वटा बंगुरका पाठापाठी बिक्री गरेका छन् । प्रति पाठापाठी पाँच हजार रुपैयाँका दरले बिक्री हुँदा करिब रु तीन लाख आम्दानी भएको उनले बताए ।“यस वर्ष ६० वटा पाठापाठी बिक्री गरेका छौँ,” उनले भने, “तीन वटा माउ बंगुर पनि रु एक लाख भन्दा बढीमा बिक्री भएका छन् ।”

हाल उनको फार्ममा १५ वटा माउ बंगुर र १९ वटा पाठापाठी रहेका छन् । बंगुरपालनका लागि चारो र स्वास्थ्योपचारमा वार्षिक करिब दुई लाख रुपैयाँ खर्च हुने गरेको उनले जानकारी दिए । बंगुरपालनसँगै चौधरीले फार्मसँगै माछापोखरी निर्माण गरी माछापालनलाई पनि निरन्तरता दिएका छन् । बंगुरको मलमूत्र सिधै पोखरीमा जाने व्यवस्था मिलाइएकाले माछाको प्राकृतिक आहाराको व्यवस्थापन हुने गरेको उनले बताए ।
माछापालनबाट पनि वार्षिक करिब रु दुई लाख आम्दानी हुने गरेको उनकोे भनाइ छ । उत्पादन भएको माछा स्थानीय बजारमै बिक्री हुने गरेको छ भने बंगुर कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा मागअनुसार नगदमा बिक्री गर्ने गरिएको उनले बताए ।

विद्यालयको काममा व्यस्त रहने दिउँसोको समयमा श्रीमतीले फार्मको व्यवस्थापन सम्हाल्ने र बिहान–साँझ आफैँले चारो हाल्ने तथा अन्य आवश्यक काम गर्ने गरेको चौधरीले बताए ।“विद्यालयबाट पाउने तलबले मात्रै परिवारको खर्च धान्न सकिँदैन,” उनले भने, “त्यसैले विकल्पका रूपमा बंगुर र माछापालन सुरु गरेको हुँ,अहिले यही व्यवसायले राम्रो साथ दिएको छ ।

बंगुर बिक्रीबाट भएको आम्दानी बचत गरेर गाउँमै पक्की घर निर्माण गरेको उहाँले बताउनुभयो । बालबालिकाको शिक्षा, घरायसी खर्च तथा आकस्मिक आवश्यकतामा पनि बंगुर र माछापालनबाट आएको आम्दानीले ठूलो सहयोग पुगेको उनकोे अनुभव छ । ग्रामीण क्षेत्रमा सीमित तलबमा निर्भर नहुँदै वैकल्पिक व्यवसाय अपनाए राम्रो आम्दानी लिन सकिने उदाहरणका रूपमा चौधरीको बंगुर र माछापालन व्यवसाय स्थापित हुँदै गएको छ ।

वि.सं.२०८३ असार १५ सोमवार ११:०७ मा प्रकाशित

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...