back
CTIZAN AD

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

वि.सं.२०८३ साउन ५ मंगलवार

222 

shares

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा लागेका कारण उनको दैनिकी बदलिएको हो ।

उनी पहिले ११ कठ्ठा जग्गामा कागती तथा तरकारीखेती गर्ने गर्थिन् । । आजकाल भने गड्यौला मल उत्पादनमा व्यस्त छिन्।

तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी ३४ वर्षीया सुलोचना शेर्पाले झन्डै १८ महिना अघि लिएको तालिम र कृषि भ्रमणले उहाँलाई रासायनिक मलको विकल्पमा गड्यौला मल बनाउन प्रेरित ग¥यो ।

उन भनिन्, “यो मल उत्पादन भएपछि मैले अग्र्यानिक तरकारी उत्पादन गर्ने काम गरीरहेकी छु ।” सुलोचना मात्र होइन, तुलसीपुर उपमहानगरपालिका क्षेत्रका धेरै किसानले गड्यौला मल उत्पादन गरिरहेका छन् ।

अग्र्यानिक खेतीको नेतृत्व गरिरहेका तुलसीपुर १६ रत्गैँका विनोद चौधरी पनि गड्यौला मल बनाउनमै व्यस्त छन् । उहाँले बजारमा गड्यौलाको मूल्य र यसबाट बन्ने मलको राम्रो सम्भावना रहेको बताउँछन् ।

हाल गड्यौला प्रतिकिलो रु १२ सयमा बिक्री हुने गरेको छ । यसबाट तयार पारिएको मल प्रतिकिलो रु ३० मा किनबेच हुन्छ । विनोदले पाँ कट्ठामा अग्र्यानिक खेती गरिरहेका छन् ।

उनले गड्यौला, झोल तथा गोबर मलको प्रयोगलाई बढावा दिएका छन् । “म आफैँ पनि गड्यौला मल उत्पादन गर्ने गरेको छु”, उनले भने, “त्यसबाटै पाँच कट्ठामा तरकारीखेती गरेको छु ।”

विगत १२ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका तुलसीपुर–११ मोतिपुरका दीपक चौधरीले लामो समय रासायनिक मल प्रयोग गरे ।

उनले पूर्ण प्राङ्गारिक मल प्रयोग गरेर तरकारी फलाउन थालेका छन् । तरकारी खेतिबाटै वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गर्छु भन्छन्। “स्थानीय स्रोतसाधन चिन्न र व्यवस्थापन गर्नसके आर्थिक लाभ र स्वरोजगार बन्न सकिन्छ ।”

त्यस्तै, सोही ठाउँका अर्का किसान जुगराम चौधरीले पनि १५ केजी गड्यौलाको प्रयोग गरेर मल उत्पादन सुरु गरेका छन् । वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्ने उहाँ गड्यौला मलको प्रयोगले कृषि कर्म झनै बलियो बनेको बताउँछन् ।

रत्गैँकी सुनिता चौधरीले आठ कट्ठामा गरिरहेको अग्र्यानिक खेतीमा गोठे मलसँगै गड्यौला मलको प्रयोग गर्ने गरेको बताइन् ।

वार्षिक रु पाँच लाखभन्दा आम्दानी गर्ने उनी अन्य किसानलाई गड्यौला मल र कम्पोष्ट मल बनाउन प्रेरणा दिँदै आएकी छिन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका–१६ निवासी शोभा बस्नेतले व्यावसायिक आफ्नै लागि पाँच किलो गड्यौलाबाट मल तयार पारिरहेको बताइन् ।

गड्यौला मलको प्रयोगबाट उत्पादित तरकारी स्वस्थ र विषादीरहित भएकाले उनले आफ्नै लागि उक्त मल तयार गरेकी हुन् ।

विषादी प्रयोग गरिएको तरकारी हेर्दा चिल्लो देखिने तर अर्गानिक तरकारी त्यति चिल्लो नहुने हुँदा ग्राहकहरू झुक्किने गरेको तुलसीपुर–१६ रत्गैँका विनोद चौधरीले बताए ।

यद्यपि, माटो जोगाउन र गुणस्तरीय उत्पादनका लागि किसानमा उत्साह भने घटेको छैन । “देख्दा विषादी प्रयोग गरेको तरकारी चिल्लो देखिन्छ, प्राङ्गारिक मल प्रयोग गरेको तरकारी फुर्सो देखिन्छ”, उनले भने, “यसले गर्दा ग्राहकले किन्न हिच्किचाउने गरे पनि, विस्तारै बुझ्ने गर्नुहुन्छ ।”

गड्यौला मलले माटोको स्वास्थ्य सुधार्ने, वातावरण जोगाउने र किसानको आर्थिक स्तर उकास्ने एउटा बलियो आधार बन्ने जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बताए ।

वि.सं.२०८३ साउन ५ मंगलवार १४:३७ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...