back
CTIZAN AD

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

वि.सं.२०८३ असार ३१ बुधवार

276 

shares

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै गएको छ । पछिल्लो समय यहाँ उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर र मिर्गौलासम्बन्धी रोगका बिरामीको संख्या बढ्दै गएको छ ।

समयमै स्वास्थ्य परीक्षण नगर्नु र नियमित व्यायामको अभावका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । उहाँका अनुसार नसर्ने रोग परीक्षण अभियानका क्रममा १० प्रतिशतभन्दा बढी व्यक्तिमा उच्च रक्तचापको समस्या देखिएको छ ।

स्वास्थ्य कार्यालयले शिवनाथ गाउँपालिकाबाहेक जिल्लाका नौ स्थानीय तहका १३ हजार ५३१ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षणका क्रममा एक हजार ४१० जनामा उच्च रक्तचाप, ५२७ जनामा मधुमेह, ८२९ जनामा मोटोपन र ९७ जनामा मिर्गौलासम्बन्धी समस्या देखिएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।

गम्भीर स्वास्थ्य समस्या देखिएका ५०९ जनालाई थप उपचारका लागि ‘रिफर’ गरिएको छ भने विभिन्न रोग पहिचान भएका एक हजार २३० जनाले उपचार सेवा पाएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले नसर्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भए पनि अस्वस्थ जीवनशैलीका कारण यसको जोखिम निरन्तर बढिरहेको बताए । उनका अनुसार अत्याधिक नुन, चिल्लो र चिनीको सेवन, प्रशोधित खाद्य पदार्थको प्रयोग, नियमित व्यायामको अभाव, धुमपान, सुर्तीजन्य पदार्थ तथा मदिरा सेवनले जोखिम बढाएको छ ।

यस्तै, पर्याप्त निद्रा नहुनु, मानसिक तनाव र मोटोपनले उच्च रक्तचाप, मधुमेह, मुटु र मिर्गौला रोगको जोखिम पनि उत्तिकै बढाएको छ ।

स्वास्थ्यकर्मीका अनुसार नसर्ने रोग समयमा नै पहिचान गरी उपचार नगरे हृदयाघात, पक्षघात र मिर्गौला फेल हुनेजस्ता गम्भीर समस्या आउन सक्छ । जिल्ला अस्पतालका प्रमुख डा अरविन्द जोशीले स्वस्थ जीवनशैली अपनाउन, सन्तुलित र पोषिलो आहार सेवन गर्न, दैनिक व्यायाम गर्न, धुमपान र मदिराबाट टाढा रहन तथा नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गरे ।

 

वि.सं.२०८३ असार ३१ बुधवार ०७:५२ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...