back
CTIZAN AD

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

वि.सं.२०८३ भदौ ११ बिहीवार

shares

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई आज बिहानैदेखि हवाई उद्धार थालिएको छ ।

यसका लागि आज बिहान तीन हवाई उद्धार टोली परिचालित भएका छन् । त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना, त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरतसहित अन्य नागरिकको उद्धार गर्न हेलिकप्टर पठाइएको छ । साथै आवश्यक चिकित्सक टोलीसहित सुरक्षाकर्मीहरुको मोबाइल सेटहरु जेनेरेटरसहित लिएर धुन्चेका लागि टोली परिचालित भएको छ ।

आज बिहान उच्चस्तरीय बैठक नेपाली सेना, श्री १ सैन्य तालिम केन्द्र त्रिशूलीमा सम्पन्न भएको थियो । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्रीसहित सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, बागमती प्रदेशका आर्थिक मामिलामन्त्री यहाँका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतको बैठकले उद्धार कार्यलाई पहिलो प्राथमिकता राख्ने निर्णय गरेको थियो ।

बाढी प्रभावित क्षेत्रमा मानिसहरु अड्किरहेको र उद्धार गर्नुपर्ने भन्ने खबर प्राप्त भइरहेका छन् । त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनको टेनेलमा अड्केर बसेका तीन जनाको उद्धार गरेर श्री नं १ तालिम केन्द्र नुवाकोट ल्याइएको छ ।

बैठकले उद्धारसँगै राहतलाई थप प्रभावकारी बनाउन र अवरुद्ध दूरसञ्चार खुलाउन सञ्चारमन्त्री डा तिमिल्सिनाले निर्देशन दिन । उद्धारसँगै राहत वितरणलाई पनि प्राथमिकता दिने प्रजिअ रेग्मीले बताए ।

वि.सं.२०८३ भदौ ११ बिहीवार १०:२६ मा प्रकाशित

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

काठमाडौँ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित...

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत...

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...