back
CTIZAN AD

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

वि.सं.२०८३ भदौ ११ बिहीवार

12 

shares

काठमाडौँ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअनुसार, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासी पूर्वमा २६, तनुहँमा नौ, चितवनमा ६४, नवलपरासी पश्चिममा पाँच वटा शव पेला परेको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले बाढी प्रभावित क्षेत्रमा कार्यरत नेपाली सेनाका ४४ जना, विभिन्न प्रहरीचौकीमा कार्यरत २८ जना नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएको जानकारी दिए ।

बाढी प्रभावित रसुवाको टिमुरेबाट हवाई उद्धार १२३ जनामध्ये ९४ जना नेपाली र २९ जना विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ ।
यसैबीच, नेपाल पर्यटन बोर्डका अनुसार प्रभावित क्षेत्रबाट प्रारम्भिक विवरणमा ४६६ जना विदेशी र ११३ जना नेपाली यात्रु बेपत्ता भएका छन् ।

“बाढीका कारण ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको छ”, प्रवक्ता महतले भने, “बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम जारी रहेको छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।”

वि.सं.२०८३ भदौ ११ बिहीवार १०:२९ मा प्रकाशित

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्रको...

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला । हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० व्यक्ति सम्पर्कविहीन...

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा...

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत...

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...