back
CTIZAN AD

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान

वि.सं.२०८३ भदौ ११ बिहीवार

12 

shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्सालसमेत सहभागी छन् ।

उनीहरु आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये विदुरतर्फ प्रस्थान गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रमा क्षति पु¥याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन् ।

बाढीकोलगत्तै उनले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायलाई आवश्यक निर्देशन दिएका थिए । साथै प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि निरन्तर सहजीकरण गर्दै आएका छन् ।

बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीको निरीक्षण गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ ।

उनीहरुले सम्पूर्ण प्रभावित क्षेत्रमा द्रुत गतिमा राहत पु¥याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन आवश्यक निर्देशन दिने कार्यक्रम छ ।

वि.सं.२०८३ भदौ ११ बिहीवार १०:४८ मा प्रकाशित

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान सडकमार्ग हुँदै बाढी...

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला । हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० व्यक्ति सम्पर्कविहीन...

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

काठमाडौँ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित...

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा...

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत...

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन...