back
CTIZAN AD

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

वि.सं.२०८३ भदौ ११ बिहीवार

shares

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै विभिन्न माध्यमबाट सूचना तथा फोन सम्पर्कहरू प्राप्त भइरहे पनि हालसम्म त्यस्तो बाढी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राप्त सूचना तथा प्रारम्भिक विश्लेषणअनुसार उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि आज बिहानको बाढीभन्दा ठूलो बाढी आउने अवस्था देखिएको छैन।

प्राधिकरणले अपुष्ट सूचना तथा हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ। बिहानको बाढीबाट प्रभावित क्षेत्रभन्दा बाहिर सुरक्षित स्थानमा रहेका नागरिकलाई हाललाई थप ठूलो बाढी आउने सम्भावना नरहेकाले अनावश्यक रूपमा नआत्तिन र संयमित रहन आग्रह गरिएको छ।

यद्यपि, आगामी समयमा नेपालतर्फ ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी एसएमएसलगायत उपलब्ध सञ्चार माध्यमबाट यथाशीघ्र आधिकारिक सूचना तथा पूर्वसूचना जारी गरिने जनाइएको छ।

सर्वसाधारणलाई आधिकारिक सूचना तथा विश्वसनीय स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार मान्न र आफ्नो सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

वि.सं.२०८३ भदौ ११ बिहीवार ०९:१७ मा प्रकाशित

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...