काठमाडौं । आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्बजनिक गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार यो अवधिमा उसले ३३ करोड १५ लाख ६० हजार रुपैयाँ खुद नाफा कमएको छ ।
कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा ७५.७९ प्रतिशतले बृद्धि गरे हो । गत वर्ष कम्पनीले १८ करोड ८६ लाख १३ हजार खुद नाफा गरेको थियो ।
कम्पनीका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उसले तीन अर्ब २९ करोड १५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२४ प्रतिशत बढी हो । गत वर्ष कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै यस अवधिमा कम्पनीले तीन अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यो आम्दानी गत वर्षकोभन्दा ७.७९ प्रतिशतले बढी हो ।
हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शीर्षकमा एक अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ । त्यस्तै कम्पनीको महाविपत्ती कोषमा १५ करोड ९१ लाख रुपैयाँ र संचित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।
हाल कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ११ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा रहेको छ ।
वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५९ मा प्रकाशित






























