back
CTIZAN AD

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

वि.सं.२०८३ असार २१ आइतवार

288 

shares

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल टाइम Person to Person (P2P) भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत नेपाल र भारतबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

नयाँ सेवाअनुसार नेपाली प्रयोगकर्ताले आफ्नो Virtual Payment Address (VPA) मार्फत भारतबाट रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोगकर्ताले UPI ID प्रयोग गरी नेपालमा सहज रूपमा रकम पठाउन र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। यसले सीमापार भुक्तानी प्रक्रियालाई थप सरल, सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

बैंकका अनुसार यो सेवा विद्यार्थी, व्यवसायी, यात्रु तथा भारत–नेपालबीच नियमित आवतजावत गर्ने परिवारका सदस्यहरूका लागि विशेष रूपमा उपयोगी हुनेछ।

हाल सानिमा बैंकले देशभरका सातै प्रदेशमा रहेका १३४ शाखा कार्यालय तथा १२१ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल बैंकिङ सेवाको विस्तारसँगै ग्राहकलाई थप सहज र आधुनिक भुक्तानी सुविधा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।

वि.सं.२०८३ असार २१ आइतवार ११:३२ मा प्रकाशित

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म समर्थन...

सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु

सुनसरीमा पुनः अनिश्चितकालीन कर्फ्यु

विराटनगर, । सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जमा भएको घटनापछि उत्पन्न विवाद...