back
CTIZAN AD

फेरि बढ्यो अण्डाको मूल्य

वि.सं.२०८३ साउन १३ बुधवार

159 

shares

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य निर्धारण गरेको छ। गत सातामात्र बढेको अण्डाको मूल्य आजबाट लागू हुने गरी नयाँ मूल्य निर्धारण गरिएको हो ।

देशभरका अण्डा उत्पादकहरूको राय, परामर्श तथा सिफारिसका आधारमा अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य निर्धारण गरेको छ। संघ चितवनमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकबाट गरिएको निर्णयअनुसार नयाँ मूल्य श्रावण १३ गतेदेखि लागू हुने जनाएको छ।

संघका सचिव मदन पोखरेलद्वारा जारी सूचनाअनुसार चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ फार्म समर्थन मूल्यमा एक्सएल (XL) अण्डाको प्रति क्रेट रु ५४५, ठूलो अण्डाको रु ५३० र मिडियम अण्डाको रु ५०० कायम गरिएको छ। त्यसैगरी सानो अण्डाको मूल्य प्रति पेटी रु ३,००० तोकिएको छ।

संघले बजारमा अण्डाको खुद्रा बिक्री मूल्य प्रति गोटा रु २५ कायम गरी सोहीअनुसार कारोबार गर्न सबै अण्डा उत्पादक, व्यवसायी तथा सरोकारवालालाई अनुरोध गरेको छ।

देशभरका अण्डा उत्पादकहरूको सुझावका आधारमा मूल्य समायोजन गरिएको संघले जनाएको छ।

वि.सं.२०८३ साउन १३ बुधवार ०५:०० मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...