back

माधवलाई ओलीको आग्रह- एमाले फर्कनुस्, महत्वपूर्ण जिम्मेवारी दिन्छौं

वि.सं.२०७९ कात्तिक २७ आइतवार

189 

shares
NTC AD
Global IME AD

सुर्खेत । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग भई एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाललाई एमालेमै फर्कन सार्वजनिक रुपमा आग्रह गरेका छन् ।

सुर्खेतमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई एमालेमै फर्कन आग्रह गरेका हुन् ।

एमाले विभाजनपछि ओलीले नेपाललाई एमालेमै फर्कन पहिलोपटक आग्रह गरेका हुन् । तत्कालीन नेकपाभित्रको विवाद र एमाले विभाजनपछि नेपालप्रति कटाक्ष गर्दै आएका ओलीले चुनावको मुखमा नेता नेपाललाई एमालेमा फर्कन आग्रह गरेका हुन् ।

उनले एमाले फर्किएमा नेपाललाई महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताए । तर, यसका लागि विगतमा भएका गल्ती सच्याउनुपर्ने अध्यक्ष ओलीको सर्त छ ।

विगतमा भएका गल्ती सच्याएर एमालेमा आएमा अध्यक्ष नेपाललाई विगतका तिता कुरा बिर्सिएर महत्वपूर्ण जिम्मेवारी दिन एमाले तयार रहेको ओलीको भनाइ छ ।

वि.सं.२०७९ कात्तिक २७ आइतवार १७:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको...

आगलागीसम्बन्धी सर्वसाधारणमा प्रहरीको १२ बुँदे अनुरोध

आगलागीसम्बन्धी सर्वसाधारणमा प्रहरीको १२ बुँदे अनुरोध

काठमाडौँ । सुक्खा समयमा आगलागी भई जनधनको ठूलो क्षति हुने...

वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेका गोविन्दले दिनमै सात हजार आम्दानी गर्छन्

वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेका गोविन्दले दिनमै सात हजार आम्दानी गर्छन्

कञ्चनपुर । वैदेशिक रोजगारी छाडेर शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका गोविन्द दहित...

नेपालगञ्ज हिटवेभको जोखिममा, घर-घरमा गएर सचेत गराइँदै

नेपालगञ्ज हिटवेभको जोखिममा, घर-घरमा गएर सचेत गराइँदै

नेपालगञ्ज । नेपालगञ्जमा हिटवेभको जोखिममा रहेका (टिनको छानामुनी बस्ने, गर्भवती,...

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

काठमाडौं । आज साताको तेस्रो दिन सेयर बजारले २ हजार...

कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न गएको बस दुर्घटना, २१ घाइते

कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न गएको बस दुर्घटना, २१ घाइते

म्याग्दी (बेनी) । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना...