back

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार

330 

shares
RBB AD
NTC AD

काठमाडौं । आज साताको तेस्रो दिन सेयर बजारले २ हजार अंक नाघेको छ । पछिल्लो आठ दिन २ हजार मुनि रहेको सेयर बजार आज २५.९३ अंक बढेर २००६ अंकमा कायम भएको छ ।

आज कारोबार रकम  पनि दोब्बरले वृद्धि भएको छ । हिजो सोमबार २ अर्ब ९५ करोडमा सिमित रहेको कारोबार आज ४ अर्ब ८० करोडको कारोबार भएको छ ।

आज २४५ कम्पनी मध्य २१५ कम्पनीको मूल्य बढ्यो भने २६ को घट्यो, ४ को स्थिर रह्यो । आज सबैभन्द धेरै विकासबैंकको समूह बढेको छ । विकास बैंक समूह ४.९ प्रतिशत त्यस्तै बैंकिङ १.१, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.६२, लगानी १.१३, जीवन बीमा ०.९६, उत्पादन ०.३६, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा २.३९, अन्य ०.३०, ब्यापार ०.७५ प्रतिशत बढे । फाइनान्स समूह भने १.१८ प्रतिशत घट्यो ।

आज दूई कम्पनिको भने सकारात्मक सर्किटको लेभलमा मूल्य बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र इनिफिनिटी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै आज ग्रीन डेभलपमेन्ट बैंकको ८.२, बोटलर्स नेपाल बालाजुको ७.६, साइन रेसुङ्गाको ७.२, पिपुल्स पावरको ६.३, आरएसडीसी लघुवित्तको ६ प्रतिशत मूल्य बढ्यो ।

पछिल्ला दिनमा सकारात्मक सर्किटको लेभलमा कारोबार भईरहेको पोखरा फाइनान्सको ७.१ घट्यो । त्यस्तै आज गुराँस लघुवित्तको ६.६, बोटलर्स नेपाल बालाजुको ५.७, गोर्खाज फाइनान्सको ४.६ र प्रोग्रेसिभ फाइनान्सको ३.८ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा यस दिन शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन पोखरा फाइनान्सको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको कारोबार रकम १६ करोड नाघेको छ ।

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४...

नेप्से र कारोबार दुवै घट्यो

नेप्से र कारोबार दुवै घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

काठमाडौं । हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिजले गत...