back

भाडामा कृषिबाली लगाउनेले नै कृषि बीमा दाबी भुक्तानी पाउने व्यवस्था गर्न आग्रह

वि.सं.२०७९ पुस २६ मंगलवार

183 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा गत आइतबार पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सहभागीहरुले जग्गाधनी एक व्यक्ति र जग्गा भाडामा लिएर खेती गर्ने अर्को व्यक्ति भएको अवस्थामा कृषि बीमा दाबी जग्गाधनीले नभई कृषिबाली लगाउने व्यक्तिले नै पाउने व्यवस्था गर्न माग गरेका छन् ।

सरकारी निकायमा धानको बीऊ सूचिकृत नभएको सोना मनसुली धानको पनि बीमा गर्न पाउने व्यवस्था गर्न, कृषि प्राविधिकहरु सहजरुपमा उपलब्ध हुने व्यवस्था गर्न र कृषकहरुलाई गाउँ गाउँमा नै बीमा सम्बन्धी जानकारी दिने व्यवस्था गर्न आग्रह गरेका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले गाउँ गाउँमा गएर सबैलाई बीमाका बारेमा जानकारी दिने दायित्व निर्वाचित जनप्रतिनिधिहरुको भएको बताएका छन् । बीमा गरेपछि हानी नोक्सानी भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति प्राप्त हुने र त्यसबाट आर्थिक अभाव पुरा गर्न सहयोग पुग्ने भएकाले सबैलाई बीमा गर्न तिवारीले आग्रह गरे ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमाको दायरा विस्तारका लागि बीमा सम्बन्धी कार्यक्रम तर्जूमा र बीमा सचेतनामूलक कार्यक्रम संचालनमा गाउँपालिकालाई आवश्यक सहयोग गर्न प्राधिकरण तयार रहेको बताइन् ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेले कार्यक्रम संचालन गर्नु भएको थिायो । अर्का सहायक निर्देशक अनिश तिमिल्सिनाले स्वागत गरेकोे कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य तथा कर्मचारी, बीमा कम्पनीका शाखा कार्यालय र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, महिला समूहका पदाधिकारी, कृषक लगायत गरी करिव ८० जनाको सहभागिता रहेको थियो ।

 

वि.सं.२०७९ पुस २६ मंगलवार १४:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाली चलचित्रले दर्शकको साथ पाए

नेपाली चलचित्रले दर्शकको साथ पाए

काठमाडौँ । नयाँ वर्ष विसं २०८१ को सुरूभएदेखि नै दर्शकहरूले...

आगलागीले हाडबास गाउँ नै सखाप

आगलागीले हाडबास गाउँ नै सखाप

तुलसीपुर (दाङ) । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा...

आयोग पास गरेपनि पढाउने विद्यालय नपाएको नवनियुक्त शिक्षकको दुःखेसो

आयोग पास गरेपनि पढाउने विद्यालय नपाएको नवनियुक्त शिक्षकको दुःखेसो

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा...

नवनियुक्त शिक्षकको दुःखेसो-आयोग पास गरेर पनि पढाउने विद्यालय पाएनौँ

नवनियुक्त शिक्षकको दुःखेसो-आयोग पास गरेर पनि पढाउने विद्यालय पाएनौँ

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा...

चैतको पहिलो सातादेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन

चैतको पहिलो सातादेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन

नवलपुर (नवलपरासी सुस्तापूर्व) । नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको...

आगलागि पिडितलाई महालक्ष्मी विकास बैंकको राहत

आगलागि पिडितलाई महालक्ष्मी विकास बैंकको राहत

काठमाडौं । महालक्ष्मी विकास बैंकले महोत्तरीको मटिहानीका आगलागि पिडितलाई राहात...