back

आईएमई लाइफ इन्स्योरेन्सद्वारा सिओटीसहित ३४ एमडिआरटि सम्मानित

वि.सं.२०७९ माघ ८ आइतवार

708 

shares

काठमाडौं । आईएमइ लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरु मध्ये सन् २०२३ को लागि एक सिओटी सहित ३४ जना एमडिआरटि सम्मानित भएका छन् ।

कम्पनीद्वारा माघ ४ मा आयोजित एक समारोहमा उनीहरुलाई सम्मान गरिएको हो ।

उक्त अवसरमा यसपाली एमडिआरटिको रुपमा सम्मानित हुनेमा शारिरीक रुपमा विशेष रुपले सक्षम डडेल्धुरा शाखाका नरेन्द्रसिंह भाटसमेत हुनुले काम गर्न दृढ संकल्प भएमा जे पनि गर्न सकिने उदाहरण स्थापित भएकोमा गौरवान्वित महसुस गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए ।

कम्पनीको समय सापेक्ष बजार नीतिको कारणले गर्दा सम्पूर्ण अभिकर्ताहरु उत्प्रेरित भएकाले अहिलेको आर्थिक रुपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरुले एमडिआरटि उपलब्धि हासिल गरेको कुरा कम्पनीका प्रमुख सन्चालन अधिकृत दिनेश अमात्यले बताए ।

एमडिआरटि अर्थात मिलियन डलर राउण्ड टेबल सन् १९२७ मा रजिष्टर भएको एमडिआरटि एक बिदेशी संस्था हो । जहाँ ७२ देशका ५०० कम्पनी सामेल रहेका छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरु सहभागी हुन पाउने आयोजकले जनाएका छन् ।

उक्त संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्था मार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरुले सहभागी हुन पाउने ब्यबस्था रहेका बताइएको छ ।

वि.सं.२०७९ माघ ८ आइतवार १४:१७ मा प्रकाशित

Himalayan Life AD
नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाखको सहयोग

नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाखको सहयोग

काठमाडाै । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना...

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई कान्ति आरोग्य अस्पतालमा विशेष छुट

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई कान्ति आरोग्य अस्पतालमा विशेष छुट

काठमाडाैँ । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्त रोकथाम सम्बन्धी तालिम सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्त रोकथाम सम्बन्धी तालिम सम्पन्न

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष,...