back
CTIZAN AD

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

वि.सं.२०८२ मंसिर २५ बिहीवार

723 

shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचन तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सबै केन्द्रीय सदस्यलाई सम्बन्धित निर्वाचन क्षेत्रमा नेर्वाचन केन्द्रित कार्य गर्ने गरी खटाइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनले भने,“केन्द्रीय सदस्यहरुलाई प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा समन्वय समिति र बुथ समिति गठन गरी सक्रिय रुपमा परिचालन गर्न तथा गठन हुन बाँकी रहेका प्रदेश, जिल्ला, पालिका, वडा, टोल र गाउँ समिति शीघ्र गठन गर्नेलगायतका सङ्गठन तथा संरचना निर्माण कार्यमा लाग्न पार्टीले निर्देशन दिएको छ ।”

त्यसैगरी चुनावी प्रचारप्रसार, मतदाता सचेतना कार्यक्रम, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन तथा प्रशिक्षणलगायतका कार्य योजनाबद्ध रुपमा सञ्चालन गर्न र निर्वाचन क्षेत्रमा आधारित कार्यक्रम तथा कार्ययोजना तयार गरी समयमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउँदै प्रचारप्रसार, प्रशिक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

निर्वाचन क्षेत्रमा खटिएका केन्द्रीय सदस्यहरुले प्रत्येक क्षेत्रको मतदाता तथ्याङक सङ्कलन, सङ्गठनको स्थिति, प्रतिस्पर्धी दलको अवस्था समेटेर नियमित रुपमा रिपोर्टिङ गर्न तथा पार्टीका उम्मेदवार सफल हुने सम्भावना उच्च रहेका क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रमा विशेष ध्यान, शक्ति परिचालन र रणनीतिमूलक गतिविधि सञ्चालनका लागि तथ्याङ्क सङ्कलन तथा विश्लेषणका लागि नतिजामुखी काम गर्न निर्देशन दिइएको बस्नेतले बताए ।

वि.सं.२०८२ मंसिर २५ बिहीवार १६:२५ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...