back
CTIZAN AD

विप्रेषण व्यवस्थित गर्न नीतिगत सुधारका लागि सरकार तयार छ-अर्थमन्त्री

वि.सं.२०७९ माघ ८ आइतवार

798 

shares

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् ।

प्रवासी नेपालीमञ्च अमेरिकाले शनिबार राति आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानीको अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तयार रहेको बताए ।

अर्थमन्त्री पौडेलले भने, “बिप्रेषणको ठूलो हिस्सा बैधानिक प्रणालीबाट भित्र्याउन सकेका छैनौँ, यसका लागि लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय र दिनुपर्ने प्रोत्साहनका लागि सरकार तयार छ ।” विप्रेषणबाट भित्रिएको रकम उत्पादन, निर्माण र रोजगारीका साथै नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सक्छौँ”, उनले भने “त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्यालाई परिमार्जन र सुधार गर्न तयार छौँ ।”

गैरआवासीय नेपालीले उठाएको नागरिकतासम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै मन्त्री पौडेलले भने, “गैरआवासीय नेपालीको आर्थिक तथा सामाजिक अधिकारसहितको नागरिकता प्राप्त गर्ने संविधानमा हामीले जुन प्रबन्ध गरेका छौँ त्यो छिट्टै पूरा गर्ने गरी हामी अघि बढेका छौँ ।” उनले सहज ढङ्गले नागरिकता प्राप्त गर्न सकिने र नेपालमा लगानी गर्न थप अनुकूल परिस्थिति सिर्जना हुनेमा विश्वास व्यक्त गरे ।

वैदेशिक लगानी तथा प्रविधिसम्बन्धी ऐेनले गैरआवासीय नेपालीलाई विदेशी नागरिक सरह लिएको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उहाँले त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । गैरआवासीय नेपालीले नेपालमा आउँदा प्रवेशाज्ञा लिनुपर्ने विषयमा पनि ध्यान गएको भन्दै उनले नागिरकतासम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने बताए ।

“नेपालको आर्थिक विकासमा प्रवासमा रहेका गैरआवासीय नेपालीहरुको ठूलो योगदान छ । आागमी दिनमा अझ प्रभावशाली हुँदैछ”, उनले भने, “रेमिट्यान्स मात्रै नभइ वैदेशिक लगानीका निम्ति पनि नेपालको सद्भावना दूतका रुपमा प्रत्येक प्रवासी र गैरआवासीय नेपालीले भूमिका खेल्नुहुनेछ भन्नेमा विश्वास व्यक्त गर्दछु ।”

उनले नेपाल लगानीका निम्ति सुरक्षित स्थान भएको र प्रतिफल पनि दिने स्थान भएको भन्दै उहाँले यो सन्देश संसारभरका लगानीकर्ताका माझ पु¥याइदिन आग्रह पनि गरे ।

कार्यक्रमका सहभागीहरुले विप्रेषणले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपालको अर्थतन्त्र मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संशोधन, औद्योगिकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षा लगायतमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।

वि.सं.२०७९ माघ ८ आइतवार १५:१२ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...