back

सरस्वती भित्रकोटीको ‘प्रेमपत्र’ मुक्तक-संग्रह विमोचन

वि.सं.२०८२ मंसिर १३ शनिवार

1.3K 

shares

काठमाडौं । सर्जक सरस्वती भित्रकोटीद्वारा रचित ‘प्रेमपत्र’ मुक्तक–संग्रह शनिबार बालुवाटारस्थित बाल नमूना माध्यमिक विद्यालयमा एक औपचारिक कार्यक्रममार्फत विमोचन गरिएको छ । ‘हामी र हाम्रो कृति समाज’को आयोजनामा भएको कार्यक्रममा साहित्य, समालोचना र सिर्जनामा सक्रिय धेरै व्यक्तित्वहरूको उपस्थिति थियो ।

कार्यक्रमको सभाध्यक्षता हामी र हाम्रो कृति समाजका आजीवन सदस्य कर्ण दयाल ‘सोराडी’ले गरे भने सञ्चालन जिम्मा संगीता खरेलले सम्हालेकी थिइन् । स्वागत मन्तव्य बद्री उप्रेतीले प्रस्तुत गरेका थिए ।

सर्जक भित्रकोटी रेडियो प्रस्तोता समेत हुन् । उनको संयुक्त गजल–संग्रह ‘अध्यस्त’ पहिल्यै प्रकाशित भइसकेको भए पनि ‘प्रेमपत्र’ भने एकल रचनामध्ये पहिलो कृति हो । सिन्धुलीको निबुवाटारमा नारायणबहादुर भित्रकोटी र विमला भित्रकोटीको कोखबाट जन्मिएकी भित्रकोटीले श्री जनजागृति माविबाट औपचारिक शिक्षा हासिल गरेकी हुन् ।

हामी र हाम्रो कृति समाजबाट प्रकाशित पुस्तकको पहिलो संस्करणअन्तर्गत पाँच सय एक प्रति सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष तथा नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकीले नयाँ पुस्ताको सिर्जनामा सरस्वती भित्रकोटी जस्तै निरन्तर अभ्यास गर्ने युवाहरू थोरै मात्र भेटिने बताए । उनी भन्छन्, ‘मुक्तकमा सरस्वतीले प्रस्तुत गरेको सरल तर मन छुने अभिव्यक्ति उल्लेखनीय छ, उनलाई साथ र हौसला दिन आवस्यक छ ।’

विशिष्ट अतिथि लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले पुस्तकबारे धारणा व्यक्त गर्दै भने, “प्रेमलाई सरल शब्दमा गहिरो अनुभूति दिने क्षमता भित्रकोटीको लेखनमा स्पष्ट देखिन्छ । ‘प्रेमपत्र’ पाठकलाई आत्मीयता र संवेदनाको सन्देश दिन सफल हुन्छ भन्ने विश्वास छ ।”

पुस्तकको समिक्षा प्रस्तुत गरेका वरिष्ठ समालोचक, साहित्यकार तथा इतिहासविद् प्रा.डा गोविन्दमान सिंह कार्कीले कृतिको भाषिक सहजता र भावनात्मक सन्तुलनलाई उल्लेखनीय बताए । उनले भने, “यो पुस्तक भावनाको मात्र अभिव्यक्ति होइन, जीवन बुझाइको एक कोमल दस्तावेज हो ।”

हातेमालो साहित्य प्रतिष्ठानका अध्यक्ष सुनिल अधिकारीले भित्रकोटीको निरन्तर अभ्यास र भाषिक पकडले मुक्तक विधामा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।

हामी र हाम्रो कृति समाजका अध्यक्ष मदनप्रसाद नेपालले संस्थाले युवा सिर्जकलाई अघि बढाउने उद्देश्य अनुसार भित्रकोटीको कृति विशेष उत्साहप्रद भएको बताए ।

सर्जकका दाजु नरेन्द्र भित्रकोटीले परिवारको तर्फबाट भावना व्यक्त गर्दै सानैदेखि लेखनमा रुचि राख्दै आएकी सरस्वती आज पुस्तकको रूपमा स्थापित देखिनु आफूहरूको गर्व भएको बताए ।

रचना वाचनको क्रममा मानन्धर अभागी, तिलक गाउँले, शशिश्री आचार्य, प्रमुना दाहाल, दलबहादुर नेपाली, निना श्रेष्ठ, मिना चौलागाइँ, नानुराणा थापा, दिलीप भुसाल, कृष्णकुमार बैद्य, गीता अर्याल, सुजन डोटेल, संसारन्युज डटकमका समाचार प्रमुख नारायण विश्वकर्मा, रामेश्वर केसी, लब खड्का, रनबहादुर बुढा, उदय अतित लगायतका सर्जकले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

उपस्थित श्र्रोता र साहित्यप्रेमीले रचना वाचनले कार्यक्रमको वातावरण गर्मजोशीपूर्ण बनेको अनुभूति व्यक्त गरेका थिए ।

कार्यक्रम ‘प्रेमपत्र’ मुक्तक–संग्रह सार्वजनिक गर्दै शुभकामना, अभिव्यक्ति र रचनात्मक वातावरणका बीच सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, पुस्तकका समिक्षक तथा कृतिकी सर्जकलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो ।

 

 

वि.सं.२०८२ मंसिर १३ शनिवार १९:३७ मा प्रकाशित

Himalayan Life AD
लघु कथा- हराम प्रसादको फूर्ति

लघु कथा- हराम प्रसादको फूर्ति

मूरलीचोक थानाका थानेदार हराम प्रसाद दर्जाले सई भएपनि चुरीफुरीले ठुलै...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. स्मृति मर्दैन कहिल्यै जब एक्लोपन आउँछ...

चारु

चारु

तेजप्रसाद खनाल लमही, दाङ तिम्रा मेरा जिन्दगीका रहर अधुरा छन्...

सुसेली

सुसेली

घनश्याम पौडेल,पोखरा १ सबै–सबैमा एकादशी पर्वको शुभकामना २. फूल खसेर...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ काठमाडौँ जाल सहरमा बुन्छ अनौठो झाल...