back
CTIZAN AD

आज आइतबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ मंसिर १४ आइतवार

717 

shares

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन शान्त तर फलदायी रहन्छ । मनन–चिन्तन बढी हुनेछ, र दैनन्दिन काममा ध्यान केन्द्रित गर्न सजिलो हुनेछ । घर–परिवारमा सुमधुर वातावरण बन्न सक्छ । आर्थिक पक्ष स्थिर छ, तर खर्चमा संयमता अपनाउनु राम्रो हुन्छ । विगतको कुनै अपूर्ण काम पूरा गर्ने मौका मिल्नेछ । स्वास्थ्य सामान्य राम्रो रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज उत्साह र उमंग बढ्नेछ । कर्मठताले राम्रो सफलता दिलाउन सक्छ । बुढाबुढी वा परिवारका सदस्यबाट सहयोग र आशिर्वाद पाइने संकेत छ । काममा गति बढ्नेछ, व्यवसायमा नयाँ सम्भावना देखिन सक्छ । आर्थिक रूपमा सुखद खबर सुन्न सकिन्छ । स्वास्थ्य बलियो रहनेछ, तर थकानबाट सजग रहनु उपयुक्त हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मन केही अस्थिर हुन सक्छ, तर धैर्यले परिस्थिति सामान्य बनाइदिन सक्छ । योजना बनाउँदा हतार नगर्नु राम्रो हुन्छ । घरभित्र साना कुरामा विवाद झल्किन सक्छ, संवादमै समाधान खोज्नु बुद्धिमानी हुन्छ । आर्थिक रूपमा सामान्य दिन छ, नयाँ काममा लगानी गर्नु अघि सोचविचार गर्नुपर्नेछ । यात्रामा सावधानी आवश्यक छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज तपाईँको आत्मविश्वास बढ्नेछ । चाहना अनुसार कामहरू अघि बढ्न सक्छन् । परिवारमा रमाइलो वातावरण बन्नेछ, कुनै शुभ कार्यमा सहभागी हुने अवसर मिल्न सक्छ । आर्थिक स्थितिमा सुधार आउनेछ । प्रेम जीवनमा मिठास बढ्नेछ । स्वास्थ्य राम्रो रहनेछ, शारीरिक सक्रियता बढ्ने संकेत छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज जिम्मेवारी बढ्न सक्छ, तर तपाईँले कुशलतापूर्वक पूरा गर्न सक्नुहुन्छ । आर्थिक रूपमा खर्च बढ्ने देखिए पनि आवश्यक कामका लागि खर्च लाभदायक रहनेछ । परिवारभित्र केही तनाव आउन सक्छ, तर धैर्यले समस्या समाधान हुनेछ । स्वास्थ्यमा सानोतिनो समस्या देखिन सक्छ, विश्राम आवश्यक हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज काममा नयाँ गति आउनेछ । रोकिएका कार्य पूर्ण हुनेछन् । परिवार र सम्बन्धमा आत्मीयता बढ्नेछ । आर्थिक रूपमा राम्रो दिन छ, नयाँ प्रस्ताव वा आम्दानीको अवसर देखिन सक्छ । अध्ययन र प्रतिस्पर्धाका क्षेत्रमा उत्साहजनक परिणाम मिल्ने संकेत छ । यात्रा वा भेटघाटबाट लाभ मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आत्मबल बढ्नेछ । बिहानैदेखि सकारात्मक ऊर्जा अनुभव हुनेछ । काममा नयाँ अवसर देखिन सक्छ । आर्थिक प्रगति हुन सक्छ, पुराना बक्यौता फस्र्टिन सक्छन् । परिवारसँग रमाइलो समय बित्नेछ । प्रेम सम्बन्धमा नजिकिन सहयोग मिल्नेछ । स्वास्थ्य सामान्य राम्रो रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज केही चुनौती आउन सक्छ । आर्थिक रूपमा मध्यम दिन छ, खर्च नियन्त्रणमा राख्नु उपयुक्त हुन्छ । परिवारमा सामान्य तना–तनाव देखा पर्न सक्छ, तर संवादले समस्या समाधान हुनेछ । निर्णयमा हतार नगर्नु राम्रो । स्वास्थ्य थकानले प्रभावित हुन सक्छ, आराम आवश्यक छ ।

धनु (ये, यो, भ, भि, ध, फ, ढ, भे, भो)
आजको दिन खुसी र सहज रहन्छ । काममा राम्रो प्रगति हुनेछ । परिवारमा मेलमिलाप र सद्भाव बढ्नेछ । आर्थिक लाभ प्राप्त हुनसक्छ, नयाँ आम्दानीको स्रोत पनि खुल्न सक्छ । प्रेम सम्बन्धमा सकारात्मकता बढ्नेछ । स्वास्थ्यमा उर्जाशीलता रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज तपाईँको लगनशीलता र धैर्यको परीक्षा हुनेछ, तर अन्त्यमा राम्रो नतिजा मिल्नेछ । परिवारबाट समर्थन प्राप्त हुनेछ । आर्थिक रूपमा सुधार हुने संकेत छ, तर अनावश्यक खर्चबाट बच्नु उपयुक्त हुन्छ । अध्ययन वा प्रतिस्पर्धामा राम्रो प्रगति सम्भावना छ । स्वास्थ्य स्थिर रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज फलदायी दिन हुनेछ । रोकिएका कामहरू अघि बढ्नेछन् । सामाजिक मान–प्रतिष्ठा बढ्ने सम्भावना छ । आर्थिक पक्ष बलियो रहनेछ । प्रेम वा वैवाहिक सम्बन्धमा आत्मीयता बढ्नेछ । स्वास्थ्य राम्रो रहनेछ, कार्यक्षमतामा वृद्धि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सिर्जनात्मकता बढ्नेछ । नयाँ सोच, नयाँ अवसर र नयाँ योजना बन्न सक्छन् । आर्थिक रूपमा राम्रो दिन छ । परिवारमा सहयोग र सद्भाव प्राप्त हुनेछ । आध्यात्मिक वा मननद्वारा मानसिक शान्ति प्राप्त हुनेछ । स्वास्थ्यमा सामान्य सुधार देखिन्छ ।

१४ मंसिर २०८२, आइतबार, ३० नोभेम्बर २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ मंसिर १४ आइतवार ०७:३८ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...