back
CTIZAN AD

घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए कुकुरधनीलाई कारबाही

वि.सं.२०८० असोज २३ मंगलवार

1K 

shares

गण्डकी । घरपालुवा कुकुरलाई जथाभावी दिशा-पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ ।

सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन् ।

‘घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा-पिसाब गराउने गरेको व्यापक जनगुनासो आएपछि महानगरले निगरानी सुरु गरेको छ’, उनले भनिन्, ‘यस्तो अभियान महानगरको एक्लो प्रयासले मात्र सफल हुँदैन, नागरिकको पनि साथ चाहिन्छ ।’

कुनै कुकुरधनीले सार्वजनिकस्थलमा लगेर कुुकुरलाई शौच गराएको देखेमा गोप्य ढङ्गबाट महानगरका प्रतिनिधिलाई खबर गर्न या प्रमाण उपलब्ध गराउन उनले महानगरवासीसँग आग्रह गरिन् ।

‘सार्वजनिक सूचनामार्फत पनि यो विषय जानकारी गराइएको छ, अब कसैले घरमा पालेको कुकुरलाई बाहिर लगेर शौच गराएमा कारबाही भोग्नुपर्छ’, उनले भनिन्, ‘एकपटकका लागि रु एक हजार र पटक-पटक शौच गराएको पाइएमा रु १५ हजारसम्म जरिवाना गर्ने सकिने व्यवस्था नियमावलीमा छ ।’

महानगरले घरपालुवा कुकुरलाई आफ्नै घरको परिसरभित्र शौचको व्यवस्था मिलाउन र त्यसको उचित व्यवस्थापन गर्न कुकुरधनीलाई सचेत गराएको छ । खुला ठाउँमा कुकुरलाई दिसा-पिसाब गराउँदा वातावरणीय सरसफाइमा प्रतिकूल असर पार्ने शाखा प्रमुख बरालले उल्लेख गरिन् । उनले घरमा पालिरहेको कुुकुरलाई सडकमा लगेर बेवारिसे अवस्थामा छोडेमासमेत कारबाही हुने बताइन् ।
रासस /फाइल फोटो

वि.सं.२०८० असोज २३ मंगलवार ११:०८ मा प्रकाशित

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती । बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र...

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला...

हुरीले घर भत्किँदा महिलाको मृत्यु

हुरीले घर भत्किँदा महिलाको मृत्यु

चन्द्रपुर (रौतहट) । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले...

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको...

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...