back
CTIZAN AD

दशैले जुराएको पूर्वी पहाडको भेटघाट र अनूभुती

वि.सं.२०८० कात्तिक २१ मंगलवार

2.7K 

shares

प्रेमलकुमार खनाल, काठमाडौं । यसपटकको दशैमा काठमाडौंबाट जन्मस्थल इलाम गइयो । एघार दिनसम्म कोशी प्रदेशका पांचथर, इलाम, झापा ,मोरङ र सुनसरीका खास खास ठाउँमा आफन्त जनसँग भेटघाटमै वित्यो । समय अभाव र साधनको अभावले धेरै महानुभावहरुसंग भेट गर्न पाइएन । साथै यी जिल्लाका विभिन्न गाउँमा भएको भेटघाट, विचार विमर्श र भ्रमणबाट अनुभूति भएका कुरा उल्लेख गरेको छु ।

त्यसो त ३÷४ वर्ष अगाडि पनि पूर्वतिर जादाको अनुभूति र आर्थिक विकासको संभावना बारे यसअगाडि पनि संचारमाध्यमबाट नै उल्लेख गरेको थिए ।
खासगरी सुनसरी, धनकुटा ,मोरङ, इलाम र पाँचथर जिल्लामा एकै नासको महाभारा क्षेत्र रहेको छ । यो महाभारा डाडालाई नै आधार बनाएर भेडेटार–रबि–रांके कच्ची मोटरबाटोको शुरुआत भए पनि कालोपत्रे गर्न बांकी नै रहेको छ । यहीँ महाभारा डाडैडाडा भएर नक्साङकन भएको भेडेटार–रबि–रांके सडक झन्डै १०० किलोमिटरको क्षेत्रमा महाभाराको डाँडाको २÷३ किलोमिटर उत्तर र दक्षिण क्षेत्रमा कृषि र पर्यटनको एकिकृत विकासका लागि प्रचूर संभावना रहेको छ । सरकारले यसक्षेत्रमा एकीकत कृषि तथा पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाउन सके यसले कोशी प्रदेश मात्रै होईन मुलुकको आर्थिक विकासका लागि कोशे ढुंगा हुने हँुदा सरकारले कृषि तथा पर्यटन विकास प्राधिकरण गठन गर्न पर्दछ । र यस क्षेत्रमा मुख्यतः चिया,पशुपालन, दुग्ध जन्य उद्योग, फलफूल, तरकारीखेती, जडिबुटी खेतीको थालनी गर्नका साथै डाडा काडामा विकास हुने चिया खेतीको वगान साथै पर्यटनका लागि सुविधा सम्पन्न होटल, मनोरन्जनका लागि तराई र पहाडलाई जोडने केबुल कार, कृषि र पर्यटन कलेज, चियाको लागि अनुसन्धान र विकास केन्द्र आदिको संभावना उल्लेख गरेको थिए ।)

यसपटकको अनुभूति

१) पूंजीवादले पूर्वतिरको लवाइ खुवाइमा पनि प्रभाव पारेको छ । हिजो गाउँ घरमै तानबाट बुनिने ढाका कोट, कपडा, साडीहरु विस्थापित भएका छन् । पोशाकले पनि जातीय पहिचान दिने गरेको थियोे । अब त उहिले कुरा…… जस्तो भएको छ ।

२) पहाड मै धान, चामल,तरकारीका लागि उब्जनी योग्य प्रशस्त जमिन छ । तर अधिकांश खेतीयोग्य जमीनहरु बांझो वा रुख जंगलले ढाकिएका छन् । अनि तराई अझ भारतीय बजारको तरकारी, सागसब्जी र खाद्यवस्तुले पहाडी बजार ढाकिएका छन् ।

३) पहाडी भेगमा पशुपालन गरि दुग्धजन्य पदार्थ विक्रि वितरण गरेर किसानले मनग्गे आम्दानी त गरिरहेका छन् । तर स्थानीय डेरीमा जम्मा हुने गरेको दुग्धजन्य पदार्थबाट उत्पादित घिउ र छुर्पीको बजार अझै सुनिश्चित नहुदा पशुपालन प्रति किसानहरु उत्साहित नहुने स्थिति देखिएको छ ।

यस्तै पहाडमा अर्गानिक हिसाबले उत्पादन भएको फलफूल, तरकारी तराईका लागि चिज हुन्छ तर बाटो, बजार र मूल्यको सुनिश्चितता नहुदा उत्पादित फलफूल, तरकारी सडेर जाने वा गाईवस्तुको खान्की हुने गरेको छ ।

४) अहिले हरेक गाउँ घरमा मोटर बाटो त पुगेको छ। तर झापा दमकबाट रबि पाँचथर जोडने सडक बर्षाै देखिन अपूरो छ। विसौ वर्ष देखिन यो सडकमा मोटर गुडे पनि अझैसम्म पिच नहुदा बर्षादमा बाटो पुरै बन्द हुने वा संचालन भए पनि अत्यन्तै जोखिमपूर्ण रहेको स्थानीय बासिन्दा बताउछन् । बर्षातमा त विरामी पर्दा झन गाह्रो हुने स्थिति छ ।
यो बाटो निर्माणको नामबाट धेरै मानिस नेता भए तर बाटो कालोपत्रे हुन सकेन । यो बाटो पैदल हिड्दा विगतमा १.५ दिनसम्म लाग्ने गरेको थियोे । अब पिच सहित बाटो बन्दा १.५ घन्टा देखिन २ घण्टामा सहजै पाँचथरको रबि बजारहुदै आसपासका गाउँमा पुग्न सकिने स्थानीयवासी बताउँछन । तर अहिलेसम्म पनि राज्यको ध्यान गएको छैन ।

५) यस्तै पर्यटकीय हिसाबले अत्यन्तै आकर्षक सडक भेडेटार –रबि– रांके सडकको अवस्था पनि झन दुरावस्थामा रहेको छ। ठुलो ताम झामका साथ ५ वर्ष अगाडि यो सडकमा कालोपत्रे गर्ने शुरुआत गरेको भए पनि अब यो सडक पनि “भोट माग्ने“ विषय र आकासको फल .. आंखातरि …मात्रै बन्दै गएको स्थानीय वासी बताउदछन् । यस्तै यो सडक पूरा नहुँदा यसको आसपास बैकल्पिक मोटरबाटो पनि बनाउने काम भएको छ। यसो गर्दा दोहोरो खर्च पनि भइ रहेको छ। अतः यो बाटोको काम छिटो पूरा हुदा दोहोरो खर्च पनि नहुने स्थिति छ।

 

वि.सं.२०८० कात्तिक २१ मंगलवार १४:५४ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...