back

थप तीन औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

वि.सं.२०८० चैत ४ आइतवार

240 

shares
RBB AD
NTC AD

काठमाडौँ । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट-डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए ।

तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने उनको भनाइ छ । यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो ।

“सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप अरु औषधि पनि उत्पादन गर्न सक्छौँ”, उनले भने । महाप्रबन्धक पनेरुले सरकारले २० प्रकारका औषधि उत्पादनका लागि रु २४ करोड बजेट बिनियोजन गर्ने भने पनि सो बजेट प्राप्त नहुँदा औषधि उत्पादनमा समस्या भएको बताए ।

विस २०२९ मा स्थापना भएको लिमिटेडले कुनै समय एक सय २० प्रकारका औषधि उत्पादन गर्दथ्यो । तर २०६२ सालमा उत्पादन बन्द भएपछि २०७४ सालमा पुनः सिटामोल उत्पादन गरी लिमिटेड सञ्चालनमा ल्याइएको हो । हाल आजदेखि सुरु तीन प्रकारकासहित लिमिटेडबाट उत्पादन हुने औषधिको सङ्ख्या ११ पुगेको छ ।

वि.सं.२०८० चैत ४ आइतवार १४:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गमगढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

गमगढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सिमकोट (हुम्ला) । मुगुको गमगढीमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना...

सात जिल्लामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

सात जिल्लामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

काठमाडौँ । आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै छ ।...

सात जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

सात जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौँ । सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा...

गर्मीमा तातो हावा ‘लू’ बाट बच्न यी कुरामा ध्यान दिउँ

गर्मीमा तातो हावा ‘लू’ बाट बच्न यी कुरामा ध्यान दिउँ

काठमाडौं । पछिल्लो समय देशैभरी बढेको गर्मीका कारण जनजीवन प्रभावित...

‘लू’बाट बच्न मन्त्रालयको आग्रह

‘लू’बाट बच्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न...

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ...