back

सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

वि.सं.२०८१ वैशाख २० बिहीवार

333 

shares
RBB AD
NTC AD

गण्डकी । रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यहीँ नै केही गर्न सकिन्छ भन्ने पोखरा महानगरपालिका–३३ भरतपोखरीका युवा रमेश आचार्य यतिखेर अन्यका लागि पनि अनुकरणीय बनेका छन् । स्नातकसम्म्को अध्ययन गरेका उनी आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिक समेतका अनुभव सगाल्दै अहिले भने व्यावसायिक कृषिमा निरन्तर क्रियाशील बनेका छन् । विगत चार वर्षअघि तिखे ढुङ्गा बागमारा पशुपालन तथा कृषि फर्म दर्ता गरी व्यावसायिक कृषिमा लागेका आचार्यले पोखरा महानगरपालिका–३३ स्थित सुरौदी खोला तिखे ढुङ्गामा पशुपालनसँगै व्यावसायिक रुपमा तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आएका छन् ।

आफ्नो् फर्म अन्तर्गत हाल लगभग २० रोपनी क्षेत्रफलमा मकै खेती, दुई रोपनी क्षेत्रफलमा खरबुजा, काँक्रो, लसुन, प्याज आदिको खेतीसँगै २० वटा भैँसीपालन गरिरहेको उनले जानकारी दिए । “फर्ममार्फत बहुउद्देश्यीय रुपमा पशुपालन तथा अन्य कृषिजन्य उत्पादन गरिरहेको छु”, उनले भने, “मैले गतवर्ष मात्रै १५ वटा लैना भैँसी बिक्री गरेको थिएँ ।” उनले गतवर्ष प्रति लैनो भैँसी लगभग ९५÷९६ हजार सम्ममा बिक्री गरेका थिए । व्यावसायिक कृषिमा लाग्ने हो भने जो कोहीले सामान्य रुपमा पनि मासिक ५०÷६० हजारसम्मको आम्दानीका लागि विदेशिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

व्यावसायिक कृषिमा नयाँ नयाँ प्रयोग गर्न रुचाउने आचार्यले दुई रोपनी क्षेत्रफलमा लगाएको खरबुजा अब उत्पादन दिने क्रममा छ । अघिल्लो वर्ष परीक्षणस्वरुप १५÷२० बोट लगाएका उनले त्यसकै अनुभवका आधारमा अहिले लगाएको खरबुजाले राम्रो उत्पादन दिने विश्वास व्यक्त गरे । सुरौदी फाँटमा व्यावसायिक कृषिको राम्रो सम्भावना रहेको बताउँदै उनले हाल परीक्षणका रुपमा लगाएको लसुन तथा प्याज पनि राम्रो फलेको अनुभव सुनाए । आचार्यको व्यावसायिक कृषिको लगावमा परिवारको पनि राम्रो साथ र सहयोग छ ।
आचार्यलाई श्रीमती धनलक्ष्मी तथा स्नातक तहमा अध्ययन गरिहेका छोराछोरीले पनि साथ दिइरहेका छन् । सुरौदी फाँटमा व्यावसायिक कृषिको धेरै सम्भावना भएर पनि यसतर्फ अन्यलाई आकर्षित गर्न भने अझै नसकिएको उनको बुझाइ छ । राष्ट्रव्यापी ठूलो समस्याका रुपमा देखिएको बाँदरको समस्या सुरौदीमा पनि रहेको बताउँदै उनले वरपरका सबै मिलेर पालो लगाएर बाँदर कुर्नुपरेको दुःखेसो गरे । थप दुई चार जना व्यवसायिक खेती गर्ने साथी भएमा मिलेर धेरै उत्पादन गर्न सकिने उनको भनाइ छ ।

बजारीकरणमा खासै समस्या छैन

उत्पादन गर्न सकेमा यहाँ उत्पादित कृषिजन्य वस्तुको बजार समस्या नरहेको आचार्यले बताए । आफ्नो फर्ममा उत्पादित कृषिजन्य वस्तु भरतपोखरीमा नै खपत हुने गरेको उल्लेख गर्दै उनले सुरौदीसम्म जाने बाटोलाई थप व्यवस्थित गर्नुका साथै टुनिखोलामा पुल बन्न सके उत्पादित वस्तु पोखरा तथा तनहुँको दुलेगौँडा पु¥याउन सहज हुने धारणा राखे ।

सुरौदी खोला क्षेत्रमा पानीको स्रोत भएर पनि त्यसलाई व्यवस्थित गर्न नसक्दा सिँचाइको असुविधा भोग्नुपरेको आचार्य बताउछन् । व्यवस्थित गर्न सकेमात्रै पनि यहाँका उपलब्ध पानीका स्रोतलाई उत्पादनसँग जोड्न सकिने उनले बताए । सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बर्सेनि बगरमा परिणत हुँदै जाँदा जलाधार क्षेत्रका स्थानीयवासी समस्यामा पर्दै गएका छन् ।
कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गरेपछि जलाधार संरक्षणको प्रयास थालिए पनि त्यसले अपेक्षित गति लिन भने नसकेको स्थानीयको गुनासो छ । जलाधारको संरक्षण र उपयोग गर्नसके स्याङ्जाको प्यूरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहँुको घारी बगरसम्मका खेतीयोग्य भू–भाग खोलाको पानीले सिँचाइ गर्न सकिनुका साथै माछापालन आदिबाट पनि आम्दानी गर्न सकिने किसान बताउँछन् ।

 

वि.सं.२०८१ वैशाख २० बिहीवार २०:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपालको अधिकतम तापक्रम ४० डिग्रीमाथि

नेपालको अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँ । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको...

उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने उपल्लो मुस्ताङको लोमान्थाङमा नयाँ...

विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक

विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक

ढोरपाटन (बागलुङ) । सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै...

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

वालिङ (स्याङ्जा) । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका...

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको...

खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ

खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ

काठमाडौँ । कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई...