back

विद्यार्थीलाई आवश्यक सामान विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने महानगरको चेतावनी

वि.सं.२०८० चैत २३ शुक्रवार

249 

shares
RBB AD
NTC AD

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यार्थीलाई विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ ।

कामपा शिक्षा विभागले सामुदायिक र संस्थागत दुवै विद्यालयलाई परिपत्र गर्दै उक्त चेतावनी दिएको हो । आगामी शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउने काम प्रचलित कानुनविपरीत रहेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, “सामुदायिक विद्यालयले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन्, अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्नेछ ।”

महानगरले भनेबाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी नगर्ने पनि स्पष्ट पारेको छ । त्यसैगरी संस्थागत विद्यालयले पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउनु उल्लेख गरिएको छ ।

विद्यालयले स्वीकृत पाठ्यसामग्री प्रयोग नगरेमा, पोशाक, स्टेशनरीलगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गराएमा शिक्षा ऐन, २०२८ शिक्षा नियमावली २०५९ तथा काठमाडौँ महानगरपालिकाको शिक्षा ऐन, २०७५, नियमावली २०७४ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने परिपत्रमा उल्लेख छ ।

हाल कामपामा सामुदायिक र संस्थागत गरी करिब छ सय विद्यालय रहेका छन् । चालु आर्थिक वर्षमा कामपाले शिक्षाका लागि रु एक अर्ब ३२ करोड लाख ३३ हजार रकम विनियोजन गरेको छ ।

वि.सं.२०८० चैत २३ शुक्रवार १३:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेनसन काउन्टर सन्चालनमा...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको...

आगलागीसम्बन्धी सर्वसाधारणमा प्रहरीको १२ बुँदे अनुरोध

आगलागीसम्बन्धी सर्वसाधारणमा प्रहरीको १२ बुँदे अनुरोध

काठमाडौँ । सुक्खा समयमा आगलागी भई जनधनको ठूलो क्षति हुने...

वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेका गोविन्दले दिनमै सात हजार आम्दानी गर्छन्

वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेका गोविन्दले दिनमै सात हजार आम्दानी गर्छन्

कञ्चनपुर । वैदेशिक रोजगारी छाडेर शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका गोविन्द दहित...

नेपालगञ्ज हिटवेभको जोखिममा, घर-घरमा गएर सचेत गराइँदै

नेपालगञ्ज हिटवेभको जोखिममा, घर-घरमा गएर सचेत गराइँदै

नेपालगञ्ज । नेपालगञ्जमा हिटवेभको जोखिममा रहेका (टिनको छानामुनी बस्ने, गर्भवती,...

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

काठमाडौं । आज साताको तेस्रो दिन सेयर बजारले २ हजार...