back

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल बनाउन प्रधानमन्त्री सुझाव

वि.सं.२०८० चैत २५ आइतवार

354 

shares
RBB AD
NTC AD

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् ।

“अनलाइन सदस्यता दर्ताको व्यवस्था, सही समयमा दाबी गर्ने प्रणाली, प्रविधिमैत्री बीमा प्रणाली जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,” प्रधानमन्त्री प्रचण्डले भने, “स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनैपर्दछ । यसका लागि सरकार सधैँ प्रतिबद्ध छ ।”

यस कार्यक्रममा आकर्षण बढाउन राज्य र सेवाप्रदायक निकायबाट लिनुपर्ने महत्त्वपूर्ण कार्यभारलाई पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवाप्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउनेलगायतका विषयमा ध्यान निर्देशन दिए । उनले सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने र स्वास्थ्य बीमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नेपाल सरकारले उच्च प्राथमिकतामा राखी सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने एवं सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट प्रदान गरिने सेवा तथा सिफारिसमा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्नेजस्ता महत्त्वपूर्ण नीतिगत सुधारहरूबाट स्वास्थ्य बीमा कार्यक्रमकोे मात्रा र गुणस्तरमा विकास हुने अपेक्षा गरिएको बताए ।

बीमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य कार्यक्रममा आकर्षण एवं प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्न सकिने बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमको सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक अध्ययनका आधारमा यथोचित निष्कर्षमा पुगिने स्पष्ट पारे ।

लोककल्याणकारी राजयको अवधारणा अनुरुप नागरिकको स्वास्थ्यप्रति प्रतिबद्ध रही ‘तपाईंको स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूल नाराका साथ २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट सुरुवात गरिएको स्वास्थ्य बीमा कार्यक्रम राज्यको प्राथमिकता प्राप्त सहभागितामूलक कार्यक्रम हो । कार्यक्रमको दायरा बिस्तार गरी यसलाई सार्थक र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले बुढानिलकण्ठ नगरपालिकाका जेष्ठ नागरिकलाई बीमा प्रमाणपत्र हस्तान्तरण गरे । आजदेखि सो कार्यक्रम सात सय ५३ वटै स्थानीय तहमा शुरु भएको छ ।

वि.सं.२०८० चैत २५ आइतवार ११:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सात जिल्लामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

सात जिल्लामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

काठमाडौँ । आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै छ ।...

सात जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

सात जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौँ । सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा...

गर्मीमा तातो हावा ‘लू’ बाट बच्न यी कुरामा ध्यान दिउँ

गर्मीमा तातो हावा ‘लू’ बाट बच्न यी कुरामा ध्यान दिउँ

काठमाडौं । पछिल्लो समय देशैभरी बढेको गर्मीका कारण जनजीवन प्रभावित...

‘लू’बाट बच्न मन्त्रालयको आग्रह

‘लू’बाट बच्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न...

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ...

सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न मन्त्रालयको आग्रह

सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी...