back

कर्णालीमा आगलागीका घटना : एक सातामै छ जनाको ज्यान गयो

वि.सं.२०८१ वैशाख २ आइतवार

450 

shares
NTC AD
Global IME AD

हेमन्त केसी र रामचन्द्र न्यौपाने, काँक्रेबिहार (सुर्खेत) । कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ । डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो । डोल्पाको ठुलीभेरी नगरपालिका–४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीनजना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो ।

त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए ।

गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए । उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए । एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ । मृत्यु भएका मध्ये दुई बालक एकै घरका हुन् । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकहरुको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्याएको थियो ।

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ । गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको बताए । राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो । सोही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताए ।

जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए । भेडीगोठमा ६० वटा भेडा जलेर मरेका छन् । एक सय २० वटा भेडामध्ये ६० भेडा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ ।

रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ । आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ । हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ ।

 

वि.सं.२०८१ वैशाख २ आइतवार १४:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको...

आगलागीसम्बन्धी सर्वसाधारणमा प्रहरीको १२ बुँदे अनुरोध

आगलागीसम्बन्धी सर्वसाधारणमा प्रहरीको १२ बुँदे अनुरोध

काठमाडौँ । सुक्खा समयमा आगलागी भई जनधनको ठूलो क्षति हुने...

वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेका गोविन्दले दिनमै सात हजार आम्दानी गर्छन्

वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेका गोविन्दले दिनमै सात हजार आम्दानी गर्छन्

कञ्चनपुर । वैदेशिक रोजगारी छाडेर शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका गोविन्द दहित...

नेपालगञ्ज हिटवेभको जोखिममा, घर-घरमा गएर सचेत गराइँदै

नेपालगञ्ज हिटवेभको जोखिममा, घर-घरमा गएर सचेत गराइँदै

नेपालगञ्ज । नेपालगञ्जमा हिटवेभको जोखिममा रहेका (टिनको छानामुनी बस्ने, गर्भवती,...

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

काठमाडौं । आज साताको तेस्रो दिन सेयर बजारले २ हजार...

कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न गएको बस दुर्घटना, २१ घाइते

कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न गएको बस दुर्घटना, २१ घाइते

म्याग्दी (बेनी) । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना...