back

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

वि.सं.२०८१ वैशाख ६ बिहीवार

405 

shares
RBB AD
NTC AD

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ ।

पालिकाले सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने व्यवस्था गरेको हो । सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घटेपछि सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन र शैक्षिक गुणस्तर वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइने पालिकाले जनाएको छ ।

जानकी गाउँपालिकाका तीन वटा बाल विकास कक्षा र ३० वटा सामुदायिक विद्यालयमा अब अङ्ग्रेजी माध्यमको पढाइ हुनेछ । गाउँपालिकाका शिक्षा अधिकृत धर्मानन्द कपाडीले शैक्षिक गुणस्तर वृद्धि र विद्यालय उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थिति बढाउन अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु गर्ने निर्णय भएको बताए ।

पालिकाका ३३ वटै विद्यालयमा गाउँपालिकाले भर्ना अभियानसँगै अङ्ग्रेजी माध्यममा पढाइ हुनेगरी व्यवस्थापन थालेको छ । अङ्ग्रेजी माध्यमबाट अध्यापनका लागि गाउँपालिकाले शिक्षकको क्षमता अभिवृद्धि गर्न ‘मन्टेश्वरी’ तालिमसमेत सञ्चालन गरिसकेको छ ।

गाउँपालिका र विद्यालयको तयारीसँगै गाउँपालिकामा शैक्षिक गुणस्तरको लागि अभिभावक सकरात्मक भई बालबालिकालाई विद्यालयको पहँुचमा पु¥याउन आवश्यक रहेको अभिभावक बताउँछन् । अभिभावक तेतरानी चौधरी सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा भएमा सबै विद्यार्थी सामुदायिकमै जाने बताइन् । “निजी विद्यालयमा महँगो शुल्क तिर्नुपर्छ, सामुदायिक त्यो शिक्षा पाए किन अभिभावकले बालबालिकालाई निजीमा भर्ना गर्ने ?”, उनले प्रश्न गरिन्, “अब कक्षा १० सम्म नै अङ्ग्रेजी माध्यममा पढाउनुपर्छ । यसो गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढ्छ ।”
रासस/सांकेतिक फोटो

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०८:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेका गोविन्दले दिनमै सात हजार आम्दानी गर्छन्

वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेका गोविन्दले दिनमै सात हजार आम्दानी गर्छन्

कञ्चनपुर । वैदेशिक रोजगारी छाडेर शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका गोविन्द दहित...

चैत मसान्तसम्म एक अर्ब ७८ करोड राजस्व सङ्कलन

चैत मसान्तसम्म एक अर्ब ७८ करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ...

मुख्यमन्त्री सोडारीले शुक्रवार विश्वासको मत लिँदै

मुख्यमन्त्री सोडारीले शुक्रवार विश्वासको मत लिँदै

  काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्धबहादुर सोडारीले शुक्रवार(२१ गते)...

चुरे पहाडका वनमा डढेलो

चुरे पहाडका वनमा डढेलो

गोदावरी (कैलाली) । कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे...

बझाङ प्रदेशसभा -१ मा एमालेका भण्डारी विजयी

बझाङ प्रदेशसभा -१ मा एमालेका भण्डारी विजयी

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा एमालेका उम्मेदवार...

बझाङ उपनिर्वाचन : कांग्रेसको अग्रता

बझाङ उपनिर्वाचन : कांग्रेसको अग्रता

चैनपुर (बझाङ) । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क)...