back

बिजुलीको तार खसेर आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

वि.सं.२०८१ वैशाख ७ शुक्रवार

393 

shares
RBB AD
NTC AD

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।

दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए । उनले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा आगलागी भएको बताए ।

“आगलागीबाट सात बिघा जमिनको गहुँबाली पूर्ण रूपमा क्षति भएको छ”, बस्नेतले भने, “स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधि र भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो ।”

भित्र्याउने बेलाको गहुँ खेतमै जल्यो

टीकापुर– कैलालीको जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा आगलागीबाट किसानको घर भित्र्याउने बेलाको गहुँ खेतमै जलेको छ । जोशीपुरमा १३ कठ्ठा र भजनीमा आठ कठ्ठा जमिनमा लगाएको गहुँ नष्ट भएको हो ।

आगलागीबाट जोशीपुर–४ खर्चुवाका किसान परशुराम चौधरीको काटेर थुपारेको र काट्न बाँकी रहेको गहुँ जलेको इलाका प्रहरी कार्यालय जोशीपुरले जानकारी दिएको छ । तेह्र कठ्ठा जमिनमा लगाएको बाली नष्ट भएपछि चौधरीको परिवार पीडामा छ ।
स्थानीयका अनुसार बिजुलीको तार गहुँखेतमा लत्रिएका कारण आगलागी भएको हो । आगो स्थानीय बासिन्दा, प्रहरी र टीकापुरको दमकलको सहायतामा निभाइएको थियो ।

यसैगरी, भजनी नगरपालिका वडा नं ८ जनकपुरमा नारायणप्रसाद देवकोटाले आठ कठ्ठामा लागएको काट्ने बेला भएको गहुँमा आगो लागेको छ
रासस /सांकेतिक फोटो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेका गोविन्दले दिनमै सात हजार आम्दानी गर्छन्

वैदेशिक रोजगारी छाडेर तरकारी खेतीमा लागेका गोविन्दले दिनमै सात हजार आम्दानी गर्छन्

कञ्चनपुर । वैदेशिक रोजगारी छाडेर शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका गोविन्द दहित...

चैत मसान्तसम्म एक अर्ब ७८ करोड राजस्व सङ्कलन

चैत मसान्तसम्म एक अर्ब ७८ करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ...

मुख्यमन्त्री सोडारीले शुक्रवार विश्वासको मत लिँदै

मुख्यमन्त्री सोडारीले शुक्रवार विश्वासको मत लिँदै

  काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्धबहादुर सोडारीले शुक्रवार(२१ गते)...

चुरे पहाडका वनमा डढेलो

चुरे पहाडका वनमा डढेलो

गोदावरी (कैलाली) । कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे...

बझाङ प्रदेशसभा -१ मा एमालेका भण्डारी विजयी

बझाङ प्रदेशसभा -१ मा एमालेका भण्डारी विजयी

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा एमालेका उम्मेदवार...

बझाङ उपनिर्वाचन : कांग्रेसको अग्रता

बझाङ उपनिर्वाचन : कांग्रेसको अग्रता

चैनपुर (बझाङ) । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क)...