back

क्यानाडा पठाइदिन्छुभन्दै रु ४१ लाख बढी ठगी गर्ने दुईजना पक्राउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार

531 

shares
RBB AD
NTC AD

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका–३ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकामध्ये सत्यन्द्रले क्यानडा पठाइदिने भन्दै पीडितबाट रु ३८ लाख २० हजार ठगी गरेको र विवेकले माल्टा पठाइदिने भन्दै तीनजना पीडितबाट रु तीन लाख ठगी गरेको खुल्न आएकाले सत्येन्द्रलाई अनामनगर र विवेकलाई बागबजारबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताए ।

 

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चलचित्रको कथा बोल्ने गीत ‘बुझिन् मैले’

चलचित्रको कथा बोल्ने गीत ‘बुझिन् मैले’

काठमाडौँ । केही समययता नेपाली चलचित्र ‘बोक्सीको घर’ मा समावेश...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

खजुरा (बाँके) । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट...

‘सीप मेला २०८१’ का लागि १० हजार बढीको आवेदन

‘सीप मेला २०८१’ का लागि १० हजार बढीको आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको...

ललितपुरमा लागेको आगो नियन्त्रण, घाइते पाँचजनालाई अस्पताल पठाइयो

ललितपुरमा लागेको आगो नियन्त्रण, घाइते पाँचजनालाई अस्पताल पठाइयो

पाटन (ललितपुर) । ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित...

ब्राण्ड बनिसक्यो रायाडाँडाको रायोको साग, मूल्यमा सम्झौता गर्दैनन उपभोक्ता

ब्राण्ड बनिसक्यो रायाडाँडाको रायोको साग, मूल्यमा सम्झौता गर्दैनन उपभोक्ता

गलकोट (बागलुङ) । गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर...

यस्तो छ जापानकी विदेशमन्त्री योकोको एक दिने भ्रमणको कार्यक्रम

यस्तो छ जापानकी विदेशमन्त्री योकोको एक दिने भ्रमणको कार्यक्रम

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी जापानकी...