back

कील विश्वविद्यालय, बेलायत र ग्रिनतारा नेपालद्धारा डेङ्गु अनुसन्धानमा राष्ट्रिय कार्यशाला

वि.सं.२०८१ वैशाख २३ आइतवार

1.3K 

shares
RBB AD
NTC AD

पिमला न्यौपाने काठमाडौं । कील विश्वविद्यालय, बेलायत र ग्रिनतारा नेपालको संयुक्त आयोजनामा नेपालमा डेङ्गु रोगको अनुसन्धान विषयक राष्ट्रिय कार्यशाला आयोजना गरिएको छ ।

होटल हायात प्यालेसमा बैशाख २० गते सम्पन्न उक्त कार्यशालामा डेङ्गु रोगका विषयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहबाट अनुसन्धानात्मक कार्यमा आफ्नो विज्ञता प्रस्तुत गर्ने अनुसन्धानदाताहरुसहित जम्मा १२ जनाको प्रस्तुती रहेको थियो भने जम्मा २७ जनाको उपस्थिती रहेको थियो ।

यस अन्र्तगत कील विश्वविद्यालय, बेलायतका प्राध्यापक तथा सोही विश्वविद्यालयको इन्स्च्युट फर ग्लोवल हेल्थ एण्ड वेलविइङ, स्कुल अफ मेडिसिनका निर्देशक डा. प्रियंवदा पौड्यालले नेपालमा डेङ्गु जस्तो संक्रामक रोगको अनुसन्धानमा सहकार्य तथा सहयोग गर्ने सम्पूर्णलाई विशेष धन्यवाद दिएकी थिइन् ।

उनले नेपालमा डेङ्गु जस्ता रोगको असर र जनस्वास्थ्यका लागि गर्न सकिने पहलमा विभिन्न तवरबाट सहकार्यको आवश्यकता हुने कुराको उजागर गरेकी थिइन् ।

कील विश्वविद्यालयको विस्तृतीकरण दिँदै नेपालको अध्ययन तथा अनुसन्धानमा सहकार्यको प्रशस्त संभावना रहेको कुरा औल्याइन्  । प्राध्यापक पौड्यालले नेपालमा जनस्वास्थ्यका प्रशस्त चुनौतीहरु रहेको अवस्थामा स्वास्थ्यको निश्चयता हरेक घर घरबाट हुनुपर्ने कुरा स्मरण गराउदै सम्पूर्ण प्रस्तोताहरु लगायत सबैलाई न्यानो स्वागतसहितको अभिव्यक्ति दिइन् ।

अर्का अनुसन्धानकर्ता तथा कार्यपत्र प्रस्तोता डा. गोकर्ण दाहालले नेपालमा डेङ्गु रोग र यसको फैलिने संभावना भौगोलिक स्थिती, उमेर समुह, मौसम तथा समयको बदलावसँगै यसको रोकथामको चुनौती तथा संभावित समाधानको चर्चा गरे ।

यसैगरी डा. रेश्मा तुलाधरले नेपालमा डेङ्गुको उच्च जोखिम रहेको र यसमा जलवायु परिवर्तन तथा वातावरणीय तत्वहरु अन्तरसम्बधीत रहेको कुरामा आफ्नो स्पष्ट धारणा राखिन् ।

कील विश्वविद्यालयबाटै डा. दनाई पापाकोन्स्टेन्टीनोले डेङ्गु संक्रमण अन्तरगत यसका चार सेरोटाइपको उल्लेख गर्दै बेलायतमा यात्रुहरुको परिक्षणबाट देखिएका लक्षणहरु र यसका संभावित रोकथामका उपायहरुबारेमा प्रस्तुति दिए ।

डा. मेघराज बन्जाराले नेपालमा सन् २००४ बाट शुरु भएको डेङ्गु रोगको बुझाई र यसको सङ्क्रमणमा न्युनीकरण र रोकथाममा जोड दिए । संङ्क्रामक रोग तथा यसको अनुसन्धानमा विषेशज्ञता भएका कील विश्वविद्यालयकै डा. नजमुल हेडरले बंगलादेशमा विगत दुई दशकमा डेङ्गु संक्रमणको अवस्था, उच्च फैलावट तथा मृत्युदर र यसका प्रत्यक्ष कारक तत्वहरु प्रस्तुत गर्नुका साथै दक्षिण एसियामै यसको धेरै असर रहकोले सहकार्यको विकल्प नरहेको दावी गरे ।

त्यस्तै डा.समीरमणी दिक्षितले नेपालमा १७ वर्षको वायोमेडिकल अनुसन्धानको खाका प्रस्तुत गरेका थिए भने डा. दिपेश ताम्रकारले नेपालको काठमाडाँैमा डेङ्गु संक्रमणको अवस्था बालबच्चाहरु र वयस्क युवाहरुमा अध्ययन गरी यसको निचोड प्रस्तुत गरेका थिए ।

डा. मेघनाथ धिमालले नेपालमा मौसम परिवर्तनसँगै डेङ्गु फिभर फैलिनुको मुुख्य कारण सिमित ज्ञान र स्वास्थ्य सचेतना तथा प्रचारप्रसार कार्यहरुको कमी रहेको देखाए भने डा. अजित कर्णले डेङ्गु संक्रमणलाई विश्वव्यापी परिप्रक्ष्यबाट हेर्दै यात्रा, मौसम, विश्व व्यापार, आधुनिक कृषि अभ्यासहरु लगायतका कुराहरु प्रत्यक्ष रुपमा सम्बन्धीत रहेको अभिव्यक्ति दिएका थिए ।

उक्त कार्यक्रममा गंगा जिसीले नेपालमा डेङ्गु भेक्टर नियन्त्रणका विषयवस्तुलाई प्राथमिकता दिएका थिए भने ग्रिनतारा नेपालका निर्देशक रामचन्द्र सिलवालले कील विश्वविद्यालय, बेलायतले ग्रिनतारा नेपालसँग गरेको विस्वास र सहकार्य; सम्पूर्ण अनुसन्धानकर्ताहरुको भूमिका र उपस्थितीका लागि सबैलाई धन्यवाद अभिव्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

 

 

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...