back

पाठ्यक्रम परिमार्जन

वि.सं.२०७४ जेठ ६ शनिवार

372 

shares
RBB AD
NTC AD

६ जेठ, काठमाडौँ  । पोखरा विश्वविद्यालयले स्नातकोत्तर तहको ‘स्वास्थ्य सेवा व्यवस्थापन’ विषयको पाठ्यक्रम परिमार्जन गरेको छ ।

आज काठमाडौँमा विश्वविद्यालय र नेसनल ओपन कलेजको संयुक्त आयोजनामा भएको कार्यशाला गोष्ठीमा पाठ्यक्रम परिमार्जन गरेको हो ।

विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा राजेश ठकुराठीले बजारमा मागअनुसार पाठ्यक्रम परिमार्जन गरिएको बताउनुभयो ।

‘‘विश्वविद्यालयको निमयावलीमा ३–४ वर्षमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने व्यवस्था छ । तर हामीले समयको व्यस्तताका कारण गर्न सकेका थिएनौँ’’, उहाँले भन्नुभयो – “समयको मागअनुसार परिमार्जन गरेका हौँ ।’’

कार्यक्रम संयोजक प्रा डा मुरली गोपाल रञ्जितकारले नयाँ परिमार्जन गरिएको पाठ्यक्रममा अस्पतालको सेवा सुविधा कसरी व्यवस्थापन गर्ने, स्वास्थ्य बिमा, वातावरणीय स्वास्थ्य, अस्पताल राम्रो कसरी बनाउनेलगायत कुरा समेटिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा विश्वविद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रा डा आरपी पन्त, स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेशविक्रम सिंह र कलेजका प्रिन्सिपल शीतल कार्कीले परिमार्जन गरिएको पाठ्यक्रमले स्वास्थ्य शिक्षामा गुणस्तर ल्याउने दाबी गर्नुभयो । रासस

वि.सं.२०७४ जेठ ६ शनिवार १६:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको चुनौती

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको चुनौती

काठमाडौँ । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु...

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै...

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री...

चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा

चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा...