back
CTIZAN AD

विद्युत् प्रसारण लाइन मुनिका संरचना ३५ दिन भित्र हटाउन महानगरको आग्रह

वि.सं.२०८१ मंसिर १७ सोमवार

918 

shares

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युत् प्रसारण लाइन मुनि रहेका घर, टहरा, पर्खाल आदि संरचना हटाउन आग्रह गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै संरचना हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको हो ।

महानगरको सहरी व्यवस्थापन विभागद्धारा जारी गरिएको सूचना अनुसार मापदण्ड अनुसार विद्युत् प्रसारण लाइन तथा वितरण लाइनको मुनि तथा दायाँबायाँ रहेका संरचना हटाउनुपर्ने छ । विद्युत् प्रसारण लाइन आसपास भवन निर्माण गर्दा विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० ले तोकेबमोजिममा प्रावधान पालना हुनुपर्ने उल्लेख गर्दै यस्तो प्रावधानको उल्लघन् भएको पाइएको महानगरले सूचनामा उल्लेख गरेको छ ।

सूचनामा घर, टहरा, पर्खाल, विद्यालय, कलेजजस्ता संरचना प्रसारण लाइनमुनि बनेको पाइएको भन्दै महानगरले त्यस्ता संरचना हटाउन निर्देशन गरेको हो ।
जारी सूचनामा ३५ दिनको अवधि दिँदै यस्ता संरचना आफैँ नहटाए महानगरले कानुनबमोजिम कारबाही गर्ने उल्लेख छ ।

मापदण्ड अनुसार २३० केभीदेखि ११ हजार केभीसम्मको प्रसारण लाइनभन्दा १.२५ मिटर र सोभन्दा माथिको क्षमताकोमा १।५ मिटर टाढा रहनुपर्ने प्रावधान छ ।

यस्तो छ सूचना :-

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:२७ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...