back

प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री र आईजीपीमाथि छानबिन माग

वि.सं.२०८१ माघ २५ शुक्रवार

132 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । प्रतिनिधिसभा शुक्रबारको बैठकमा गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग भएको छ ।

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा उनीहरूमाथि छानबिन हुनुपर्ने बताएका हुन् ।

बिहीबारको संसद् बैठकमा पनि यो विषयमाथि चर्को बहस भएको थियो । सत्ता र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले एक स्वरमा यस घटनाबारे ध्यानाकर्षण गराएका थिए ।

त्यसमाथि शुक्रबारको बैठकमा बोल्ने क्रममा सांसद ज्वालाले गृहमन्त्री र आईजीपीमाथि छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग राखे ।

वि.सं.२०८१ माघ २५ शुक्रवार १४:३८ मा प्रकाशित

नेप्से निरन्तर ओरालोतिर

नेप्से निरन्तर ओरालोतिर

काठमाडौँ । शेयर बजारमा निरन्तर गिरावट आएको छ । यो...

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका...

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि २०८० फागुन...

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ...

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले...

गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न सांसदहरूको माग

गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न सांसदहरूको माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र...