back

आज अन्तरराष्ट्रिय दाल दिवस

वि.सं.२०८१ माघ २८ सोमवार

450 

shares

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ ।
दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउनसंयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो । खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने उक्त विश्व संस्थाको बुझाइ छ ।

यसैगरी, अरबी चितुवाका बारेमा चेतना जागृत गर्न संयुक्त राष्ट्रसङ्घको महासभाले फेब्रुअरी १० लाई अन्तरराष्ट्रिय अरबी चितुवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो । लोपोन्मुख यो वन्यजन्तु र यसको वासस्थानको संरक्षणका साथै जैविक विविधता जोगाउने उद्देश्यले यो दिवस मनाउन थालिकएको हो ।

विश्वव्यापी पारिस्थितिकीय प्रणालीलाई जोगाउने प्रयासस्वरुप यो दिवसमा अरब क्षेत्रका देश, गैरसरकारी संस्था र समुदायका साथै राष्ट्रसङ्घीय निकायले चेतनामूलक विविध कार्यक्रम आयोजना गर्दै आएका छन् । जोखिममा परेका जन्तुको संरक्षणमा सरोकार भएका निकायलाई प्रोत्साहन गर्नु यो दिवसको मूल उद्देश्य हो । रासस

 

वि.सं.२०८१ माघ २८ सोमवार ०७:५५ मा प्रकाशित

Himalayan Life AD
लोक दोहोरी स्टारको भोटिङ राउन्डमा सुमन, दर्शकको साथको अपेक्षा

लोक दोहोरी स्टारको भोटिङ राउन्डमा सुमन, दर्शकको साथको अपेक्षा

काठमाडौँ । 4K Space टेलिभिजन तथा EVENTOZ.COM युट्युब च्यानलमार्फत प्रसारण...

लेखराज भट्टले सचिवमा उम्मेदवारी नदिने

लेखराज भट्टले सचिवमा उम्मेदवारी नदिने

काठमाडौं । तेस्रोपटक अध्यक्ष दाबेदार केपी शर्मा ओली समूहबाट सचिवमा...

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । मुस्ताङ। नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा...

एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन

एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको...