back
CTIZAN AD

लोक दोहोरी स्टारको भोटिङ राउन्डमा सुमन, दर्शकको साथको अपेक्षा

वि.सं.२०८२ मंसिर २९ सोमवार

2.6K 

shares

काठमाडौँ । 4K Space टेलिभिजन तथा EVENTOZ.COM युट्युब च्यानलमार्फत प्रसारण भइरहेको लोकप्रिय रियालिटी शो “लोक दोहोरी स्टार”मा सहभागी गायक सुमन विश्वकर्मा विभिन्न चरणहरू सफलतापूर्वक पार गर्दै भोटिङ राउन्डसम्म पुग्न सफल भएका छन् ।

लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन प्रयासरत सुमनले प्रारम्भिक अडिसनदेखि प्रतिस्पर्धाका कठिन चरणहरू पार गर्दै निर्णायक मण्डल तथा दर्शकहरूको मन जित्न सफल भएका हुन् । उनको निरन्तर मेहनत, प्रस्तुति र लगनशीलताले उनलाई यस चरणसम्म पु¥याएको बताइन्छ ।

कार्यक्रम अहिले निर्णायक मोडमा पुगेको छ, जहाँ सहभागीहरूको भविष्य दर्शकको भोटमा निर्भर रहेको छ । यसै सन्दर्भमा उनले आफूलाई माया, साथ र सहयोग गर्दै आएका सम्पूर्ण दर्शकप्रति धन्यवाद व्यक्त गर्दै आगामी राउन्डसम्म पुग्नका लागि भोट गरेर सहयोग गर्न आग्रह गरेका छन् ।

दर्शक तथा शुभेच्छुकहरूले तल उपलब्ध गराइएको QR Code scan गरी भोट गर्न सक्ने व्यवस्था गरिएको छ । साथै eSewa, Ncell, Moru, NIC Asia, Nabil Bank लगायत सबै बैंकका मोबाइल बैंकिङ एपमार्फत पनि सजिलै भोट गर्न सकिने आयोजकले जनाएको छ ।

भोटिङ प्रणालीअनुसार रु. १० बराबर १ भोट गणना गरिनेछ । दर्शकहरूले चाहेको संख्यामा भोट गरेर आफ्नो मनपर्ने प्रतियोगीलाई समर्थन गर्न सक्नेछन् ।

सुमनले यस अवसरमा भने, “यहाँसम्म आइपुग्नु मेरो एक्लो प्रयासले मात्र सम्भव भएको होइन । मलाई माया, साथ र हौसला दिनुहुने सम्पूर्ण दर्शक, शुभेच्छुक र समर्थकहरूप्रति म सधैं ऋणी छु । अबको यात्रामा पनि तपाईंहरूको साथ पाएँ भने अझ राम्रो प्रस्तुति दिन सक्नेछ ु।”

कार्यक्रम “लोक दोहोरी स्टार” ले नयाँ प्रतिभाको खोजी र लोकदोहोरी संगीतको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अहिले भोटिङ चरण चलिरहेको हुँदा दर्शकको सक्रिय सहभागिताले प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ ।

उनले अन्त्यमा सबै दर्शकलाई भोटमार्फत साथ दिन अनुरोध गर्दै, आगामी दिनहरूमा अझ उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वि.सं.२०८२ मंसिर २९ सोमवार १२:११ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...